ताजा समाचार

सुरुंगा नगरपालिका बालमैत्री सूचक पूरा गर्ने तयारीमा

  • भदौ ४, २०७५
  • ८०१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान, ४ साउन । सेभ द चिल्ड्रेनको सहयोग र सवल नेपाल सप्तरीको आयोजनामा आजदेखि तीन दिने ‘स्थानीय तहका जनप्रतिनिधिहरुका लागि बालमैत्री स्थानीय शासन’ सम्बन्धी लहानमा कार्यशाला गोष्ठी शुरु भएको छ । स्पोन्सरशिप कार्यक्रम अन्तर्गत भइरहेको कार्यक्रमको उद्घाटन गर्दै सुरुंगा नगरपालिकाका मेयर मुक्तिनाथ चौधरीले ‘बालमैत्री नगरपालिका सुरुंगा बनाउंन सबै सुचक पूरा गर्ने भन्दै हालसम्म ७५ प्रतिशत सुचक पूरा भएको छ । २५ प्रतिशत बालमैत्री सुचक पुरा गर्न यो गोष्ठीले महत्वपूर्ण भूमिका खेल्ने बताउंनुभयो । बालमैत्री सुरुंगा नगरपालिका बनाउंन निर्देशिका र राष्ट्रिय रणनीतिक कार्यान्वयन कार्यविधिवारे साझा बुझाई गर्ने र सहयोग गर्ने उद्देश्य रहेको भन्दै कार्यक्रमका प्रशिक्षक तथा कार्यक्रम संयोजक रचना थापाले ‘यो बालमैत्री नगरपालिका बनाउंन सबैपक्ष सक्रिय हुनुपर्ने जरुरी छ ।’ ‘सबैको दायित्व रहेकोले नमुनाको सुरुंगा नगरपालिका बनाउंन जनप्रतिनिधिहरुको पनि उत्तिकै जिम्मेवारी रहेको’ बताइन् । कार्यक्रमका प्रशिक्षकमा सुमन ढकाल, मदनगोतामे रहेका छन् भने सहजिकरणमा राधेश्याम राम रहेका छन् । कार्यक्रममा उपमेयर विन्दाकुमारी पासमान, स्वास्थ्य संयोजक भुपनारायण चौधरी, समाजिक विकास संयोजक देवेन्द्रकुमार चौधरी, सुरुंगा प्रवक्ता आशाराम विश्वकर्मालगायत जनप्रतिनिधिहरुको विशेष उपस्थिति रहेको छ । गोष्ठि भदौ ५ गतेसम्म लहानमा भइरहेको छ ।

सिरहा टाइम्स डट कम

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤