Siraha Times
ताजा समाचार

लहान नगरपालिकाका भ्रष्टाचारको अखडा रहेको छ: माओवादी नेता उमेश साह

  • मंसिर ८, २०७८
  • १४६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ८ मंसिर - नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको वडा अधिबेशन सम्पन्न भएको छ। सिरहाको लहान नगरपालिका वडा नम्बर ५ को वडा अधिबेशन लहानको तरकारी बजारमा भब्य रूपमा सम्पन्न भएको छ। स्थानीय माओवादी केन्द्रका नेता राज कुमार साहको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे भने प्रमुख अतिथिमा नेपाल सरकारको पुर्व मन्त्री तथा माओवादी केन्द्रका सिरहा संयोजक एंव जन्युधका कुशल कमान्डर अजय शंकर नायक रहनु भएको थियोे। प्रमुख अतिथि नायकका अनुसार जनताको हक अधिकारको लागि अवाज उठाउने पार्टी माओवादी केन्द्र नै हो भन्दै सामन्ती सास्कहरुलाई लहानबाट छिटै लखेटने उनले कडा प्रस्तुति दिएका थिए।कम्युनिस्टको नाउँ भजाएर खाने ओली प्रविधिको पाल्तु सास्क मन्तीहरुलाई देशमा राजनीति अस्तित्व मेटाउदै गैई रहेको अवस्था छ।

माओवादी केन्द्रको निर्णय अनुसार देशमा गरीबी समस्या लाई दुरगरी युवाहरूलाई स्वदेश मै रोजगारी समस्याको सामाधान गर्न पार्टीको मेन एजेन्डा रहेको कुरा प्रकाश पारेका थिए। जनताको मौलिक हकको अधिकार माओवादी पार्टीले नै संबिधानमा लेखेको कुराको स्मरण गराउदै जनसमुदायमा अपिल गरेका थिए। माओवादी केन्द्रका जिल्ला समन्वय समितिका सदस्य तथा प्रभाव सालिन नेता बिजय गुप्ताले कार्यक्रममा स्वागत मन्तव्य राख्दै देशमा माओवादी पार्टी ठुलो शक्तिको रूपमा रहेको बताका थिए। YCLका जिल्ला संयोजक विवेक परियारका अनुसार आफू दलितको पिडा भोगेको छु। देशमा छाती फुलाउने र आफू ठुलो नेता हो भनाउनेहरु बिस्थापीत हुँदै गैइरहेको अवस्था छ्। देशमा भेदभाव हटाउने काम माओवादी केन्द्रले नै गरेको दाबी गरेका थिए।

कार्यक्रमको अतिथिहरुमा पुर्व मन्त्री सुनिता महतो,प्रदेश कमिटी प्रस्तावित सदस्य सुरेन्द्र साह,पार्टीको जिल्ला समन्वय समितिको सदस्य देब नारायण महतो,रिकमा बिश्वकर्मा ,सुधा यादव, लहान नगरपालीका संयोजक खडक नारायण चौधरी YCLका केन्द्र सदस्य आशान्द यादव, वडा अध्यक्ष हेमन्त यादव,गणेश चौधरी, माओवादी केन्द्रका युवा नेता उमेश साह,उदय नारायण महतो,सुर्ज साह लगायतका सयौं नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो। नेता उमेर साहका अनुसार लहान नगरपालिका भ्रष्टाचारको अखडा रहेको टिप्पणी गर्दै आउने चुनावमा लहानका सामन्ती सास्क सरकारलाई प्राजित गर्न सम्पुर्ण जनसमुदायमा आग्रह गरेका थिए। नेता राज कुमार साहका अनुसार लहान नगर पालिकाका मेयर मुनि साहले नगरबासीलाई दु:ख दिने बाहेक कुनै जनताको हितका लागी कुनै काम नगरेको ठहर गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

अपाङ्गता भएका महिला ...

ओम प्रकाश यादव लहान, असार १०। मधेश प्रदेशको पर्सा जिल्लामा अपाङ्गता भएका महिला तथा किशोरीहरूको अधिका ...

धनगढीमाई नगर अस्पताल ...

ओम प्रकाश यादव,​लहान, ९ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ९ स्थित नगर अस्पतालमा उपचा ...

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१