ताजा समाचार

लहानमा पुरुष पीडितको उजुरी,चोर डांकालाई पनि सोधेरै फोटो खिचौं

  • भदौ २, २०७५
  • ११३५ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, १ भदौ । सर्च फोर कमन ग्राउन्डको सहयोग र नेपाल पत्रकार महासंघ सिरहा शाखाको आयोजनामा आज सुरक्षा र न्याय क्षेत्रका सरोकारवाला तथा संचारकर्मीबीच संवाद कार्यक्रम लहानमा सम्पन्न भएको छ । कार्यक्रममा न्यायिक समितिका प्रमुख तथा उपमेयर सरियार चौधरीले महिला हिंसाको घटना व्यापक रुपमा रहेपनि लहानमा पुरुष पीडितहरुको उजुरी बढ्दै गएको बताउंनुभयो । उपमेयर चौधरीले यहां बजारक्षेत्रको मुद्दा बढी संख्यामा आउंने गरेको छ भने ग्रामिण भेगमा हिंसात्मक घटना बढिरहेको बताउंनुभयो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय लहानका इन्स्पेक्टर विजय यादवले वैदेशिक रोजगारी र मदिरा सेवनको कारण महिला हिंसाको मुद्दा आउंने गरेको बताउंनुभयो । कार्यक्रममा पत्रकार मणिलाल विश्वकर्मा, सन्तोष यादव, दुर्गा परियार, बविता राम, विनिता शरणलगायतले ‘सोधेर फोटो लिनु उपयुक्त नरहेको’ बताउंनुभयो । कार्यक्रमका सहजकर्ता नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष दिनेश्वर गुप्ताले गरेका थिए भने सर्च फोर कमन ग्राउन्डका शरमलाल चौधरीले कार्यक्रमवारे प्रकाश पार्नुभएका थिए । पुरुष पीडितको उजुरी लहानमा पत्निबाट पीडित भएका एक दर्जनबढी उजुरी आएको छ । लहान ११ बाट आएको एक उजुरीवारे उपमेयर चौधरीले भने ‘एक महिलाले आफ्ना आमाको नाममा सम्पती लेखायो ।’ ‘अहिले को पति चिन्दिन’ ‘पतिलाई खान बस्न नदिएपछि उजुरी दिएको छ ।’ लहान नगरपालिकाको न्यायिक समितिमा यस्ता कैयन उजुरी परेको छ । लहान ३ मा अनमेल विवाह भएको छ । पुरुष २२ बर्षको र महिला ४० बर्षको रहेको छ । २२ बर्षीय पुरुषलाई आफ्नै पत्निले यातना दिएपछि उनी पनि न्यायिक समितिमा उजुरी दिएका छन् । लहान ३ कै अर्को उजुरी पतिलाई पत्नि चाहियो भने गरेको छ । उता, पत्निले अंशवण्डा मुद्दा हालेर पतिलाई घरबाट निकालेका छन् । उनीहरु प्रेम विवाह गरेका थिए । उपमेयर चौधरीले भनिन् —‘पुरुष पीडितको उजुरी आउंने क्रम जारी नै छ ।’ तर,‘मुस्लिम र दलित समुदायमा महिला हिंसा व्यापक छ ।’ ‘यसको मुख्य कारण जाडरक्सी, जन्म दर्ता, विवाह दर्ता नगरिदिने ’ ‘वैदेशिक रोजगार, धार्मिक तथा शिक्षा चेतनाको अभावले महिला हिंसा बढेको छ ।’ लहानमा यस्ता महिला हिंसाको घटनाको उजुरी आउंने क्रम जारी छ । पत्रकारहरु समस्या घुस लिइरहेको बेला हाकिमलाई ‘तपाईंको फोटो खिचौ’ भने सोध्दा के भन्ला ? मान्छे दुर्घटना र डुविरहेका छन् । सुतिरहेका छन् । बेहोस छन् । डांका, बलात्कार गरिरहेको बेला ‘तिम्रो फोटो’ खिचौं भन्दा के पत्रकारको के अवस्था होला ? अहिले सोधेर मात्रै फोटो खिच्ने जुन कानुन लगाएको छ । यसले पत्रकारिता सम्भव नहुने सहभागी पत्रकारहरुको निष्कर्ष रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤