ताजा समाचार

विभेदविरुद्ध मधेश आन्दोलनले पर्दाफास गरेको चलचित्र ‘मिशन मधेश’

  • साउन २८, २०७५
  • ८०४ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, २८ साउन । हरेक बच्चाको लागि ‘मिशन मधेश’ हेर्न लायक होस् भन्दै प्रदेश २ का सांसद मनिष सुमनले सामाजिक रुपान्तरणको सन्देश दिने मधेशमा मात्रै होइन् पहाडमा पनि यो फिल्म हेर्न सकिने कथावस्तु समेटिएको बताउंनुभयो । सौगात फिल्म प्रोडक्सन प्रालिको प्रस्तुतिमा आज ‘मिशन मधेश’ चलचित्रको लहानमा शुभ मुहुर्त गर्दै सांसद सुमनले मधेश आन्दोलन संसारको यस्तो आन्दोलन हो जसमा ९० प्रतिशत मधेशी जनता सडकमा उत्रिएका थिए । जसको उद्गमस्थल लहान नै हो । आज यसै ठाउंबाट ‘मिशन मधेश’ फिल्मको तयारीमा लागेकोले यसले मुक्तिको आवाजमा अग्रता दिने बताउंनुभयो । सांसद सुमनले हिन्दी, भोजपुरी र नेपाली भाषामा प्रेम कथामा आधारित फिल्म बनाउंने गरेकै छ । यो मैथिली भाषामा सम्भवत पहिलो ऐतिहासिक पारिवारिक फिल्म तयारीमा जुटेले यो मधेशीको लागि दस्तावेजको रुपमा रहने बताउंनुभयो । ‘मिशन मधेश’ फिल्मका निर्देशक सुर्या साहले यो फिल्ममा मधेश भूमीमा रहेका जिमिन्दारी, बलात्कार, दमन शोषण, विभेदविरुद्ध मधेश आन्दोलनले पर्दाफास गर्दै मुक्तिको लागि कलाकारहरुले अभिनय गर्ने आधार तयारी गरिएको बताउंनुभयो ।

कार्यक्रममा राष्ट्रिय जनता पार्टीका सहमहाचिव गजेन्द्र मण्डल, केन्द्रीय सदस्य दिनेश यादव, भरत साह, राजपाका लहान नगर समितिका अध्यक्ष महमुद आलम, उपमेयरका प्रत्यासी भारती गुप्ता, मानव अधिकार संगठनका केन्द्रीय सदस्य राजकुमार राउत, कलाकार प्रमोद चौधरी, शिला यादव, नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर गुप्तालगायतले मन्तव्य राख्नुभएका थिए । कार्यक्रमका सभाध्यक्षता फिल्मका निर्माता मुकेश कर्णले गरेका थिए भने ‘मिशन मधेश’ का मुख्य कलाकार डिपी गुप्ता, पुजा ठाकुर, कसिस दहाल, रेणुका कार्की, सुजित यादव, अधिकलाल यादव, डा.दिपेन्द्र यादव, शिवा, डा.पप्पु साह, शिवशंकर महतो, परिक्षण महतोलगायत दर्जनौले अभिनय परिचय दिएका थिए । यो फिल्मको सुटिंग भदौ महिनाभित्र सकिने तयारी गरेको छ भने दिपावली छठ् पर्वको अवसरमा प्रदर्शनमा ल्याउंने तयारीमा जुटेको निर्मातापक्षले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤