ताजा समाचार

एसईई परीक्षार्थी गौरीकला रोकायाको हत्याको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गर्यो

  • चैत १४, २०७४
  • १०१९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत १४ । एसईई परीक्षार्थी गौरीकला रोकायको हत्यामा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले हत्याको भोलिपल्ट ट्राफिक प्रहरीसहित ३ जनालाई नियन्त्रणमा लिएको हो ।जिल्लाको पञ्चपुरी नगरपालिका–३, चौर स्थायी ठेगाना भएकी रोकाय एसईई परीक्षाका लागि बाबियाचौरमा बसेकी थिइन् । तर परीक्षाको तयारीमा रहेकै बेला उनी मंगलबार डेरामा मृत भेटिइन् ।लगत्तैको प्रहरी अनुसन्धानबाट रोकायाको हत्या भएको रहस्य खुलेको हो । प्रहरीले दैलेख घर भई अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी हरि कोइराला, पञ्चपुरी–८ बाँझीगाउँका लक्ष्मीप्रसाद बास्तोला र खुमप्रसाद बास्तोलालाई पक्राउ गरेको हो । उनीहरुले रोकायको हत्या गरेको स्वीकारेको इलाका प्रहरी कार्यालय, बाबिचौरका प्रमुख प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले जानकारी दिए । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार, यौनसम्बन्ध राख्न कोठाबाट अन्यत्र लैजाने क्रममा मोटरसाइकल दुर्घटना भएर रोकाय गम्भीर घाइते भएको र अचेत अवस्थामा डेरामा छाड्दा उनको ज्यान गएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤