‘पल्सर १५० ट्विन डिस्क’ लन्च अगावै लहानमा ६ मोटरसाईकल बुक

  • साउन २८, २०७५
  • १२५१ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान २७ साउन । नेपालमा सर्वाधिक विक्री हुने मोटरसाईकल ब्राण्ड बजाजले पल्सर १५० ट्विन डिस्कको नयां मोड बजारमा ल्याएको छ । मोटरसाईकलको स्पोर्ट सेग्मेन्टमा नयां आयाम थप्नको लागि पल्सर १५० ट्विन डिस्कको डिजाइन गरिएको छ र यो बाईकले ग्राहकलाई नयां जोश र नयां अनुभूती प्रदान गर्नेछ । यो नयां पल्सर मोटरसाईकल प्रविधि र डिजाईनलाई त्यसरी नै पूनः परिमाणित गर्नेछ जसरी पल्सरले २००१ मा पहिले गरेको थियो । पल्सर बाइकका मोडलहरु लन्च भएदेखि नै आफ्नो आधुनिक एवं पृथक डिजाइन र उत्कृष्ट परफ्रमेन्सको लागि चिर परिचित छन् । कम्पनीको रणनितिबारे चर्चा गर्दै मनकामना ट्रेड लिंक लहानका प्रोपराईटर राजकुमार गुप्ताले भन्नु भयो ‘ यसमा रहेको १५० सिसि डि.टि.एस.आई.इन्जिनले दिने १४ पि.एस. पावरले ग्राहकको दैनिक जिवनमा रोमाञ्चक एवं अरामदायी यात्राको सुनिश्चितता प्रदान गर्दछ । यो अतुलिय पावर र माइलेजको उत्कृष्ट सामायोजनले यस सेग्मेन्टको वाइकहरु मध्येमा उत्कृष्ट हो । जसलाई आरामदायी सवारीको आनन्द लिनु छ उनीहरुको लागि पल्सर १५० ट्विन डिस्क सच्चा सहयात्री हुनेछ । नयां पल्सर माइलेजको अतुलीय समायोजन हुनुका साथै यसमा थुप्रै अन्य विशेषताहरुले सुनिश्चित छ । जुन विशेषताहरु यस प्रकार छन् । १५० सिसि डि.टि.एस.आई. इन्जिनः उत्कृष्ट १४ पि.एस.पावर र उत्कृष्ट माइलेजको लागि, डिजिटल मिटर ः आधुनिक एवं आकर्षक, ट्विन डिस्क ः ब्रेकिंग क्षमता बढाउंछ । नाइट्रोक्स सन्स्पेन्सन ः आरामदायी सवारीको सुनिश्चितता गर्दछ । डि.सी. इग्निशन तथा लाइटिगं सिस्टम ः सजिलो स्टार्ट र एकनाशको प्रकाशको लागि, बाइड ट्यूवलेस टायरहरु ः अझ राम्रो रोड ग्रीप र सुरक्षाको लागि । विग डायामिटर फ्रन्ट फोर्क ः स्पोर्टी लुक्स र सस्पेन्सनलाई बलियो बनाउंछ । यसैबीच, सिमित अवधीका लागि पल्सर १५० ट्विन डिस्क मूल्य २ लाख ५५ हजार ९ सय मात्र कायम गरिएको छ भने यो पल्सर १५० ट्विन डिस्क तीन आकर्षक रंगहरुमा उपलब्ध छन् । यो बाइक बजारमा आज लन्च भएकै दिन लहानमा ६ वटा बुक भइसकेको मनकामना ट्रेड लिंकका प्रो.राजकुमार गुप्ता बताए ।

प्रतिक्रिया दिनुहोस

किर्ते जालसाजी मुद्द ...

रहमुल लहान  वैशाख ८।सिरहाको  नवराजपुर गाउँपालिका वडा नं. २ का  पूर्व निर्वाचित वडा अध ...

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१