ताजा समाचार

‘पल्सर १५० ट्विन डिस्क’ लन्च अगावै लहानमा ६ मोटरसाईकल बुक

  • साउन २८, २०७५
  • १४१० पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान २७ साउन । नेपालमा सर्वाधिक विक्री हुने मोटरसाईकल ब्राण्ड बजाजले पल्सर १५० ट्विन डिस्कको नयां मोड बजारमा ल्याएको छ । मोटरसाईकलको स्पोर्ट सेग्मेन्टमा नयां आयाम थप्नको लागि पल्सर १५० ट्विन डिस्कको डिजाइन गरिएको छ र यो बाईकले ग्राहकलाई नयां जोश र नयां अनुभूती प्रदान गर्नेछ । यो नयां पल्सर मोटरसाईकल प्रविधि र डिजाईनलाई त्यसरी नै पूनः परिमाणित गर्नेछ जसरी पल्सरले २००१ मा पहिले गरेको थियो । पल्सर बाइकका मोडलहरु लन्च भएदेखि नै आफ्नो आधुनिक एवं पृथक डिजाइन र उत्कृष्ट परफ्रमेन्सको लागि चिर परिचित छन् । कम्पनीको रणनितिबारे चर्चा गर्दै मनकामना ट्रेड लिंक लहानका प्रोपराईटर राजकुमार गुप्ताले भन्नु भयो ‘ यसमा रहेको १५० सिसि डि.टि.एस.आई.इन्जिनले दिने १४ पि.एस. पावरले ग्राहकको दैनिक जिवनमा रोमाञ्चक एवं अरामदायी यात्राको सुनिश्चितता प्रदान गर्दछ । यो अतुलिय पावर र माइलेजको उत्कृष्ट सामायोजनले यस सेग्मेन्टको वाइकहरु मध्येमा उत्कृष्ट हो । जसलाई आरामदायी सवारीको आनन्द लिनु छ उनीहरुको लागि पल्सर १५० ट्विन डिस्क सच्चा सहयात्री हुनेछ । नयां पल्सर माइलेजको अतुलीय समायोजन हुनुका साथै यसमा थुप्रै अन्य विशेषताहरुले सुनिश्चित छ । जुन विशेषताहरु यस प्रकार छन् । १५० सिसि डि.टि.एस.आई. इन्जिनः उत्कृष्ट १४ पि.एस.पावर र उत्कृष्ट माइलेजको लागि, डिजिटल मिटर ः आधुनिक एवं आकर्षक, ट्विन डिस्क ः ब्रेकिंग क्षमता बढाउंछ । नाइट्रोक्स सन्स्पेन्सन ः आरामदायी सवारीको सुनिश्चितता गर्दछ । डि.सी. इग्निशन तथा लाइटिगं सिस्टम ः सजिलो स्टार्ट र एकनाशको प्रकाशको लागि, बाइड ट्यूवलेस टायरहरु ः अझ राम्रो रोड ग्रीप र सुरक्षाको लागि । विग डायामिटर फ्रन्ट फोर्क ः स्पोर्टी लुक्स र सस्पेन्सनलाई बलियो बनाउंछ । यसैबीच, सिमित अवधीका लागि पल्सर १५० ट्विन डिस्क मूल्य २ लाख ५५ हजार ९ सय मात्र कायम गरिएको छ भने यो पल्सर १५० ट्विन डिस्क तीन आकर्षक रंगहरुमा उपलब्ध छन् । यो बाइक बजारमा आज लन्च भएकै दिन लहानमा ६ वटा बुक भइसकेको मनकामना ट्रेड लिंकका प्रो.राजकुमार गुप्ता बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤