मिर्चैयाः दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरी सडकमा (फोटोफिचर)

  • साउन २७, २०७५
  • १५८४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, २७  साउन । सडक दुर्घटना बढ्दै गएकाले न्युनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले अभियान संचालन गरेको हो । दुर्घटना न्युनिकरण गर्ने उदेश्यसे “सुरक्षित सडक प्रयोग र जिम्मेवार सबारी चलाक तथा यात्राका लागि हाम्रो अभियान” अन्तर्गत मिर्चैयामा शनिबार जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेका छन् । 
मिर्चैयामा पर्चा पम्पलेट बितरण, माइकिङ तथा जनचेतनाका लागि  चालकहरुलाई ट्राफिक नियमको बारेमा जानकारी दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख (प्रहरी निरिक्षक) मिलन बस्नेतले बताए । पुर्बपश्चिम लोकमार्गमै गाडी रोकेर चालकलाई ट्राफिक नियमबारे प्रशिक्षण दिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका ईन्चार्ज (प्रहरी नायब निरिक्षक) मनोज चौधरीले बताए । 
अकाल मृत्युबाट बाच्ने उदेश्यले गरिएको कार्यक्रममा सडकको अवस्था र तोकिएको गतिमा सबारीसाधन चलाउन, तनाव र अस्वस्थ्य भएको समयमा गाडी नचलाउन, मादकपदार्थ सेबन गरी सबारीसाधन नचलाउन, सबारी चलाउने समयमा मोबाइल प्रयोग नगर्न र हेलमेट अनिबार्य रुपमा प्रयोग गर्न लगायतका जनचेतनामुलक पर्चा पम्पलेट २ सय भन्दाबढी सबारी चालकलाई दिई प्रशिक्षण दिईएको थियो । 
कार्यक्रममा ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक दिपेन्द्र साह र सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका सशस्त्र प्रहरी नायब निरिक्षक सुर्य खडकाको कमाण्डमा खटिएको प्रहरीले सहजीकरण गरेका थिए । 
सीता महेश ट्रेडर्स हिरो शोरुम मिर्चैयाको सहयोग र अस्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका संयोजनमा कार्यक्रम सम्पन्न भएको हो । 

 

प्रतिक्रिया दिनुहोस

नवराजपुरमा विपतका सम ...

रहमुल लहान २७ जेठ । सिरहाको नवराजपुर गाउँपालिकाको सभाहलमा शिक्षा, युवा तथा खेलकुद शाखा नवराजपुर गाउँ ...

गुणस्तर सेवा प्रवाह ...

रहमुल लहान २७ जेठ । सिरहाको लहान स्थित रहेको रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक प्रादेशिक अस्पत ...

कलैया यातायातका प्रम ...

रंजित चौरसिया,वीरगंज २५ जेष्ठ । यातायात व्यवस्था कार्यालय कलैया बाराका प्रमुख अविन्दर दासले सवारी चा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१