ताजा समाचार

कर वृद्धिको विरोधमा मिर्चैयामा आन्दोलनको तयारी

  • साउन २६, २०७५
  • ९९२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सिरहा, २६ साउन । मिर्चैया नगरपालिकाले गरेको कर बृद्धिको बिरोधमा आन्दोलनको तैयारी गरिएको छ । केहि दिनदेखि निरन्तर रुपमा भईरहेको मिर्चैया उद्योग बाणिज्य संघ, स्थानिय बिभिन्न राजनितिकदल र नागरिक समाज सम्मिलित बैठकले ३ बुँदे माँग राख्दै मिर्चैया नगरपालिकामा ज्ञापन पत्र बुझाउने निर्णय गरेका छन् । 
मिर्चैया नगरपालिकाले बृद्धि गरेको कर स्थगित गर्नुपर्ने, पुरानो कर पनि  संशोधन गरी लागु गर्नुपर्ने र नगरपालिका भित्रका सम्पुर्ण आर्थिक कारोबारको बिषयगत आय–ब्यायको बिबरण पारदर्शी गर्नुपर्ने माँग गर्दै यहि साउन २९ गते नगरपालिकामा ज्ञापन पत्र बुझाउने तयारी गरिएको छ । 

 

समयमा माँग सम्बोधन नगरीए चरणबद्ध आन्दोलनमा उत्रने तैयारीमा रहेको स्थनिय कांग्रेस नेता अरुण सिंहले चेताबनी दिएका हुन् । नगरपालिकाले मनोमानी ढंगले जनताको हित बिपरित गतिबिधि गरिरहेकाले त्यस्ता गतिबिधिको बिरोधमा ब्यापारी सडकमा उत्रने स्थानिय ब्यापारी रुकेश साहले बताए । 
यहि साउन २४ गते स्थानिय ब्यापारी, राजनितिकदल र नागरिक समाज सम्मिलित बैठक मिचैया ५ स्थित गुदरी बजारमा बसिरहेको अबस्थामा नगरपालिकका मेयरले उछृंखल युवाहरुलाई मंगाई समाजिक मुठभेड गराउन खोजेकोले त्यस्तो कार्यप्रति नगरबासीले घोर भत्र्सना गरेको एक बिज्ञप्ती जारी गरी जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤