ताजा समाचार

विद्युत प्राधिकरण मिर्चैयाद्धारा ५९ करोड भन्दाबढी महशुल असुली

  • साउन २२, २०७५
  • १७५७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, २२ साउन । केही वर्षअघिसम्म अत्यधिक विद्युत् चुहावट हुँदै आएको सिरहाको मिर्चैया क्षेत्रमा यसवर्ष चुहावट शून्य दशमलव ४५ प्रतिशतमा झरेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मिर्चैयाका प्रमुख शिवराम यादवका अनुसार चुहावट नियन्त्रण अभियान सञ्चालन गरेपछि ९ दशमलव ७२ प्रतिशतबाट शुन्यमा झारिएको हो । 
आर्थिक वर्ष २०७३÷७४ सम्ममा ९ दशमलव ७२ प्रतिशत विद्युत् चुहावट हुँदै आएको थियो । यस्तै समयमै विद्युत् महसुल नबुझाउने एक हजार ३ सय ३५ ग्राहकको विद्युत् लाइन आव २०७४÷७५ मा काटिएको यादवले बताए । बाँकी बक्यौता रकम समयमा नबुझाएका तथा पटक पटक महसुल बुझाउन आग्रह गर्दा पनि बेवास्ता गर्ने ग्राहकको लाइन काटिएको यादवको भनाइ छ । 
विद्युत् लाइन काटिएका एक हजार ५३ ग्राहकबाट रु दुई करोड ५६ लाख १३ हजार पुरानो बक्यौता रकम संकलन गरिएको छ । वितरण केन्द्र मिर्चैयाले आव २०७४÷७५ मा अंकुश लगाएर विद्युत् चुहावट गर्ने १९३ जनालाई पक्राउ गरी कारवाही गरेको छ । कारवाही गरिएकाबाट रु आठ लाख २८ हजार राजश्व संकलन गरिनाका साथै २०० भन्दा बढी विद्युत् उपकरण बरामद् गरिएको बताइएको छ । 

 बितरण केन्द्रले २०७४ साउन महिनादेखि २०७५ असार महिनासम्ममा ५९ करोड २४ लाख ६५  हजार ४ सय ६८ रुपैया विद्युत महशुल असुली गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤