ताजा समाचार

कर्जन्हा नगरपालिकाको केन्द्र विवाद सतहमा

  • साउन २२, २०७५
  • ९३३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, २२ साउन । कर्जन्हा नगरपालिकाको केन्द्र कर्जन्हा बजारमा राख्नुपर्ने भन्दै मेयर गंगा पासवानलाई नागरिक समाजले ज्ञापनपत्र बुझाएका छन् । समाजका संयोजक कुशेश्वर महतोको नेतृत्वमा पुगेका टोलीले बिभिन्न ५ बुँदे माँग राख्दै मेयर पासमानलाई सोमबार ज्ञापनपत्र बुझाएका हुन । 
 
समाजले कर्जन्हा नगरपालिकाको केन्द्र कर्जन्हा बजारमा राख्नुपर्ने, नगरपालिकाकोे जनहितका लागि कृषि, शिक्षा तथा रोजगारी लक्षित जनपक्षीय कार्यक्रमहरु जारी गर्नुपर्ने, कर्मचारीको मनोमानी तथा ढिलासुस्ती बन्द गर्नु पर्ने, नगरपालिकाको कार्यालयमा अपराधिक व्यक्तिहरुद्धारा भएको आगजानीको अनुसन्धान गरेर अपराधीलाई कार्बाही गर्नुपर्ने र अनियमित खर्च अबिलम्ब बन्द गरी नगरपालिकाको आय–व्ययको सम्पुर्ण विवरण सार्वजनिक गर्नु पर्ने माँग राख्दै मेयर पासमानलाई ज्ञापनपत्र बुझाएका छन् । 
 
समाजका संयोजक महतोले कार्यालयमा विगत लामो समयदेखि सुरक्षाको बहाना बनाउँदै अधिकृत नआउँदा कामकाज प्रभावित बनेको बताए । 
मेयर पासवानले ज्ञापनपत्र बुझ्दै छलफलको माध्यमबाट समस्या समाधान गर्ने प्रतिवद्धता जनाए । उनले केहिदिन अगाडी कर्जन्हा संघर्ष समितिले हाल रहेको बगहामै नगरपालिकाको केन्द्र राख्नुपर्ने माग गरेको बताउँदै दुबै पक्षसँग छलफल गरी आवश्यक निर्णय लिने बताए । कर्जन्हा नगरपालिकाको कार्यालय भबनका लागि नागरिक समाजमा आवद्ध व्यक्तिहरुले ९ कट्ठा १६ धुर जग्गा समेत उपलब्ध गराएका छन् । 
 
कर्जन्हा गाउँपालिका विगत केहि महिनादेखि विवादमा फसेका छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤