Siraha Times
ताजा समाचार

अर्थ मन्त्री साह द्धारा लहान सिटी हेल्थ केयर उदघाटन

नागरिकलाई सेवा प्रदान गर्न लहान सिटी हेल्थ केयरको उदघाटन

  • कार्तिक ९, २०७८
  • ४८६ पटक पढिएको
  • रामएकवाल राम
alt

महेश सिंह सिरहा लहान ९ कार्तिक - सिरहाको लहाननगरपालीका ३ स्थित अस्पताल चौकमा लहान सिटी हेल्थ केयर प्राली संचालनमा आएको छ।आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री सैलेन्द्र साहले रिवन काटेर लहान सिटी हेल्थ केयर प्रालीको उदघाटन गरेका छन्।

हेल्थ केयरका प्रबन्धक मुनिलाल महतोको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे,भने कार्यक्रमको प्रमुख अतिथिमा अर्थ मन्त्री सैलेन्द्र साह रहनु भएको थियो।बिशिस्ट अतिथिमा पुर्व मन्त्री राज लाल यादव,जसपाका केन्द्रिय सदस्य बिजय सिंह दनुवार रहनुभएको थियो। प्रमुख अतिथि अर्थ मन्त्री सैलेन्द्र साहका अनुसार प्रदेश सरकार द्धारा मधेस अस्पताल प्रतिष्ठानको स्थापना भएको बताए। प्रदेश सरकार अन्तर गत रहेको अस्पतालहरुमा उपचारको हिसाबले सुधार ल्याउने प्रतिबद्ध हुनु भयो। लहान ट्रामा सेन्टरको स्थापनाको लागी पहल गर्ने र प्रत्येक स्थानीय तहमा स्वास्थ क्षेत्रमा सुधार ल्याउने उनले बताए। पुर्व मन्त्री राजलाल यादवका अनुसार अस्पताल धेरै खुल्नुका अर्थ हाम्रो समाज बिरामीबाट ग्रसित हुने उन्मुख हुने बताए।

मधेस दुई कारण सखाप हुने बताए एक बिरामी मुद्दाको कारणले मधेस समाप्त हुने बताए । जितेन्द्र महतोका अनुसार स्वास्थ सेवामा गुणस्तरीय सेवामा खाचो रहेको बताए।राजमार्ग मा पर्ने ठाँउ मध्येमा लहान केन्द्र शहर रहेको छ। प्रदेश सरकार संग आग्रह गर्दै लहानमा सुबिधा सम्पन्न अस्पतालको स्थापना गर्न आग्रह गरेका छन् । नेता राम चलितर महतोका अनुसार मधेस आन्दोलनको सुरुवात लहान बाटै भएको उनले बताए। स्वास्थ क्षेत्र निकै चुनौतीको पेसा भए पनि स्वास्थ संस्था सेवा प्रदायक संस्था हो उनले प्रकाश पारे। लहान मधेस आन्दोलनको उद्गम बिन्दु भए पनि प्रदेश सरकारको नजर उक्त मधेस आन्दोलनको उदगम स्थानमा नरहेको मन्त्री साहलाई ध्यानाकर्षण गराएका थिए।

अतिथिहरुमा जसपा नेपालका युवा नेता तथा प्रदेश कमिटी सदस्य राम चलितर महतो,प्रभाव शाली नेता दिपेश यादव, युवा प्रभाव शालीन नेता सुरेन्द्र कुमार यादव,युवा प्रभाव शाली नेत्री ललिता दास,लहान नगर अध्यक्ष दिनेश महतो,जसपा नेता तथा संघीय परिषद सदस्य राम बहादुर यादवको समेत उपस्थिति रहेको थियोे । र,जननिर्वाचित लहान ७ का वडा अध्यक्ष राकेश रोशन गुप्ता,उपमेयर प्रत्यासी रिता साह सिरहा क्षेत्र नम्बर १का क्षेत्री अध्यक्ष परियाग लाल यादव,क्षेत्री उपाध्यक्ष राम उदगार महतो,ललित महतो,ज्ञान् कुमार महतो,विद्यार्थी नेता चन्द्र शेखर यादव लगायतका सयौं नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो। किल्निक संचालक मुनिलाल महतो र अर्बिन्द मेहताका अनुसार आफू किल्निक संचालन गर्नु मुख्य उदेश्य गरीब निमुखा जनतालाई उपचारका माध्यमले सहयोग गर्ने बताए। दलित गरीबका हकमा अरु अस्पताल भन्दा नियुन्तम खर्चमा उपचार र सेवा प्रदान गर्ने उनले बताए।कार्यक्रममा सिरहा क्षेत्र नम्बर १का क्षेत्री उपाध्यक्ष राम उदगार महतोले स्वागत मनतब्य राखेका थिए, आयोजक संस्थाका प्रबन्धक मुनि लाल महतोले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

स्वास्थ्य प्रवर्द्धन ...

रहमुल, लहान, २१ असार। स्वास्थ्यसम्बन्धी सूचना नागरिकसम्म सही, तथ्यपरक र प्रभावकारी रूपमा पुर्‍या ...

सिद्धार्थनगर–४ का प् ...

भैरहवा, असार २० । युवा समाजसेवी सिद्धार्थनगर–४, रूपन्देहीले सिद्धार्थनगर नगरपालिका–वडा न ...

अध्यक्षकै टोलको सडक ...

रहमुल, लहान २० असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशाबारी स्थित मुख्य सडक अहिले हि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१