विजयनगरमा त्रिपाठीले बुझाए धान बालीमा भएको क्षतिपूर्तिको माग गर्दै ज्ञापन पत्र

  • कार्तिक ८, २०७८
  • १३०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / गोडुवाजोत / विजयनगर विजयनगरगाउँपालिकाका कृषकहरुले लगातार परेको अविरल वर्षाले धान बालीमा भएको क्षतिपूर्तिको माग गर्दै गाउँपालिकाको कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । आइतवार कृषकहरुले विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापालाई पत्र बुझाइएको कृषक तथा समाजसेवी देवेन्द्र मणि त्रिपाठीले बताउनुभएको छ । पिडित कृषकले अविरल बर्षाले धान बालीसँगै तरकारी, दलहन, तेलहन लगायत विउविजनमा समेत नष्ट भएकोले तत्काल क्षतिको तथ्याङ्क संकलन गरी गाउँपालिका वा सम्बन्धित निकायबाट हुन सक्ने क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको ज्ञापन–पत्रमा उल्लेख गरिएको छ । कपिलवस्तु विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले अहिले विनाशकारी वर्षाले धान बालीमा भएको क्षतिले सबैलाई दुखित बनाएको भन्दै गाउँपालिकाले वर्षाले धानबालीमा भएको क्षतिको तथ्याङ्क संकलनको कार्य सुरु भई सकेको बताउनुभयो ।

उहाँले कृषकलाई सम्बन्धित वडामा वा संकलनकर्तालाई क्षतिको सत्य तथ्य विवरण संकलनमा सहयोग पु्राउन अनुरोध गर्नुभयो । तथ्याङ्क संकलन पश्चात छिटो भन्दा छिटो क्षतिपुर्ति उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । कपिलवस्तुको विजयनगर गाउँपालिकाका कृषकहरुले लगातार परेको अविरल वर्षाले धान बालीमा भएको क्षतिपूर्तिको माग गर्दै गाउँपालिकाको कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । आइतवार कृषकहरुले विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापालाई पत्र बुझाइएको कृषक तथा समाजसेवी देवेन्द्र मणि त्रिपाठीले बताउनुभएको छ । पिडित कृषकले अविरल बर्षाले धान बालीसँगै तरकारी, दलहन, तेलहन लगायत विउविजनमा समेत नष्ट भएकोले तत्काल क्षतिको तथ्याङ्क संकलन गरी गाउँपालिका वा सम्बन्धित निकायबाट हुन सक्ने क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको ज्ञापन–पत्रमा उल्लेख गरिएको छ । गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले अहिले विनाशकारी वर्षाले धान बालीमा भएको क्षतिले सबैलाई दुखित बनाएको भन्दै गाउँपालिकाले वर्षाले धानबालीमा भएको क्षतिको तथ्याङ्क संकलनको कार्य सुरु भई सकेको बताउनुभयो । उहाँले कृषकलाई सम्बन्धित वडामा वा संकलनकर्तालाई क्षतिको सत्य तथ्य विवरण संकलनमा सहयोग पु्राउन अनुरोध गर्नुभयो । तथ्याङ्क संकलन पश्चात छिटो भन्दा छिटो क्षतिपुर्ति उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस

२८ बुँदे माँग सहित ज ...

रहमुल, सिरहा ४ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहाले २८ बुँदे मुख्य माँग सहित विभिन्न राष ...

लहानमा खैरो हिरोईन ज ...

रहमुल,लहान ४ पुस । सिरहा जिल्लाको लहान नगरपालिका–२३ गाढा चौकस्थित फुलवारीमा लागुऔषध बिक्री&nda ...

मिडियालाई स्वतन्त्र, ...

ओम प्रकाश यादव लहान पुष ४ । मिडियालाई स्वतन्त्र, सक्षम र जीवन्त राख्न संघ, प्रदेश र स्थानीय गरी तीनै ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१