ताजा समाचार

लहानमा मधेश र मधेशीको पहिचान झल्किने स्तम्भ निर्माण गर्न माग

  • साउन १७, २०७५
  • ८३३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान, १७ साउन । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को सिरहा क्षेत्र १ र लहान नगर समितिको संयुक्त बैठकले मधेश र मधेशीको पहिचान झल्किने स्तम्भ स्थापना गर्न माग गरेको छ । आजको संयुक्त बैठकले मधेश र मधेशीको पहिचान झल्किने धोती, कुर्ता, गमछा, लुंगीसहितको स्तम्भ निर्माण गर्न स्थानीयतह र प्रदेश सरकारसंग माग गर्ने निर्णय गरेको छ । मधेश आन्दोलनको उद्गमस्थल लहानको विद्रोहले आज देश संघीयतामा पुगेको भएपनि मधेश र मधेशीको संस्कृति संस्कार र अधिकारको प्रत्याभूती नभएकोले लहानमा सहिद पार्क निर्माण गर्न सम्बन्धित निकायसंग माग गरेको लहान नगरसमितिका अध्यक्ष महमुद आलमले बताए । बैठकले स्थानीयतहले बढाएको कर फिर्ता गर्न, राउ स्मारक अस्पतालको जग्गा विवाद, लहान उद्योग वाणिज्य संघ निर्वाचन, पशुपति आदर्श उच्च माविको व्यवस्थापन समितिको विवाद, लोकमार्ग फराकिलो, सरसफाई तथा विशुद्ध खानेपानी, जेएसमु वहुमुखी क्याम्पसको हरहिसाव सार्वजनिक, कृषकलाई मलखाद्यको समस्या, टाउन प्लानिंगको जग्गा फुकुवा, वडा कार्यालयहरुले चलाएको बजेटको हिसाब सार्वजनिक, नागरिकता समस्या, मदिरा निषेधित,सार्वजनिक शौचालयलगायतको विषयमा निर्णय गरेको केन्द्रीय सदस्य भरत साहले बताए । सो बैठकले सिरहा क्षेत्र नम्बर ‘क’ को संयोजकमा मनोज बनैता , सहसंयोजकमा गोपाल गुप्ता, सदस्यहरु परिक्षण महतो, रंजिता मण्डल र संतोष साहलगायत पांच सदस्य समिति गठन गरिएको छ । त्यसैगरी, क्षेत्र नम्बर १ ‘ख’ को संयोजकमा पिताम्बर साह (पप्पु डाक्टर), सहसंयोजक विग्घनेश्वर यादव, सदस्यहरु पशुपति चौधरी, रामचन्द्र राम,मुकेश कर्णलगायत पांच सदस्य समिति गठन गरिएको केन्द्रीय सदस्य जयनारायण यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤