तेस्रो मेयर गोल्डकप २०७८ फुटबल प्रतियोगितामा : गोलबजार सँग धनुषा पराजित

  • कार्तिक ८, २०७८
  • ६०६ पटक पढिएको
  • रामएकवाल राम
alt

उमेश कुमार साह बोदे बर्साईन : सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ०५ मा आयोजना भएको तेस्रो मेयर गोल्डकप फुटबल प्रतियोगिता आइतबारको खेलमा सिरहाका GSC युवा क्लब गोलबजार विजयी भएको छ ।

बोदे बर्साईन नगरपालिकाले आयोजना गरेको तेस्रो मेयर गोल्डकप फुटबल प्रतियोगितामा धनुषाको CDF स्पोर्ट्स क्लब लाई पराजित गरेको हो । बोदे बर्साईन नगरपालिकाले संचालन गरेको तेस्रो मेयर गोल्डकप २०७८ मा राष्ट्रियस्तरका ८ समूह सहभागी थिए । यो खुल्ला फुटवल प्रतियोगितामा सहभागी हुन विभिन्न नगरपालिका,जिल्ला , प्रदेश बाट राष्ट्र तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरु यतीखेर श्री चन्द्रा नमूना मा बिधालयको खेलमैदानमा देखिएका छन् । खेल प्रतियोगितालाई हेर्न जिल्लाका विभिन्न भाग लगायत छिमेकी जिल्लाहरुबाट समेत उल्लेखिय संख्यामा दर्शकहरुको भिडलागेको छ ।

तेस्रो मेयर गोल्डकप फुटवल प्रतियोगिताको फाइनल खेलमा खेलकुद समितिको अध्यक्ष सुभाष चन्द्र यादवको अध्यक्षता भएको थियो । पूर्व कृषि तथा सहकारी मन्त्री तथा राष्ट्रिय सभा सदस्य माननीय मृगेन्द्र कुमार सिंह यादवको प्रमुख अतिथिमा आज आइतबार फाइनल खेल भएको हो । कार्यक्रममा बोल्दै बिशिस्ट अतिथि बोदे बर्साईन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंह यादवले पर्यटन प्रवर्द्धनका निम्ति यो फुटबल प्रतियोगिता उपयोगसिद्ध हुने धारणा राखे ।

कार्यक्रमको अतिथिहरुमा, ईलाका प्रहरी कार्यालय बोदे बारसाईनको प्रमुख जय प्रकाश साह ,नगर खेलकुद समितिका अध्यक्ष कामेश्वर यादव , मा बि बोदे बर्साईनका प्रअ गौरीशंकर चौधरी ,विभिन्न पार्टीका राजनैतिक कर्मी ,कर्मचारी , व्यापारी, बुद्धिजीवी,पत्रकार,महिला तथा स्थानीयको उपस्थित रहेको थियो । गोलबजारले ०१ का विरुद्ध ०२ गोलको अन्तरले गोलबजार टिमले जित हात पार्न सफलभएको छ ।

एक कार्यक्रमको बीच कार्यक्रमका प्रमुख अतिथि ज.स.पा.नेपालका केन्द्रिय कार्यकारिणी समिति सदस्य, पुर्व मंत्री तथा राष्ट्रिय सभा सदस्य मा.मृगेन्द्र कुमार सिंह यादव द्वारा नगद रु ५५,०००/शील्ड /मेडेल तथा प्रमाणपत्र साथै उप-विजेता हुने धनुषाका गोदार टिमलाई नगर प्रमुख आतेश कुमार सिंह यादव ज्युद्वारा नगद रु.३५,०००/शील्ड/मेडेल तथा प्रमाणपत्र बितरण गरेको थियो । कार्यक्रमलाई उध्घोसक गर्दै चन्द्रा नमूना मा बिधालयको शिक्षक जितेन्द्र प्रसाद गुप्ताले खेलाडीहरु एवं पाहुना दर्शकहरुलाई शब्दद्धारा स्वागत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

५ बर्षिय छोरा हत्या ...

रहमुल लहान १३ बैशाख आफ्नै ५ वर्षिय छोराको हत्या अभियोगमा लहानबाट एक महिलालाई सिरहा प्रहरीले नियन्त्र ...

नेपाल छात्रवृत्ति सम ...

रहमुल लहान १३ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा सेभ द चिल्ड्रेनको सहयोगमा र नेपा ...

नेपाल पत्रकार महासंघ ...

बिसुनदेव सरदार लहान, १२ बैशाख । नेपाल पत्रकार महासंघ सिरहाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न भए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१