ताजा समाचार

बहुदल स्थापना,मधेश आन्दोलन र लहान चमार काण्डको उद्गम स्थलबाट नै कम्युनिष्ट समाप्त पारौ ः सभापति रामचन्द्र

  • साउन १६, २०७५
  • ९८४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नवसंग्राम दैनिक । लहान, १५ साउन । परिवर्तनको उद्गम विन्दु सिरहा रहेकोले कम्युनिष्ट सफाईको अभियान पनि यही भूमीबाट शुरु भएको नेपाली कांग्रेसका सिरहा सभापति रामचन्द्र यादवले बताउंनुभयो । नेपाली कांग्रेसले ओली सरकारविरुद्ध सिरहासहित मुलुकका ७७ वटै जिल्लामा मंगलवार प्रदर्शन गरेको छ । सोहीक्रममा सभापति यादवले आज सिरहामा जुलुस प्रदर्शन पश्चात कोणसभाको समापन गर्दै बहुदल स्थापना गर्न, मधेश आन्दोलन, लहान चमार काण्डलगायत आन्दोलनको उद्गम स्थल यो भूमि रहेकोले अब कम्युनिष्ट समाप्त पार्न यहीबाट जाग्नुपर्ने बताउंनुभयो । सभापति यादवले यो मुक्ति क्षेत्र हो ,जनतालाई मुक्ति चाहिएको छ । यसैले यो देशबाट कम्युनिष्टलाई मुक्त पार्न घर घर उठेर सडकमा आउंनुपर्ने बताउंनुभयो । सरकार कानूनी शासनको खिल्ली उडाउन लागि परेको आरोप लगाउँदै कांग्रेसले यसअघि नै घोषणा गरेको कार्यक्रम अनुसार मुलुकभर प्रदर्शन गरेको हो । सिरहामा सभापति रामचन्द्र यादबको नेतृत्वमा प्रदर्शन गरियो । पार्टीका झण्डा बोकेर प्रदर्शनमा उत्रेका काँग्रेस कार्यकर्ताहरुले ओली सरकारविरुद्ध चर्को नारा लगाएका थिए ।

सदरमुकामको विभिन्न भागमा परिक्रमा पश्चात कोणसभा गरे । कोणसभामा सभापति यादब, नेता सुभासचन्द्र यादब लगायतले मन्तव्य राखेका थिए । उनीहरुले ओली सरकार जनताको भावना विपरित विभिन्न क्रियाकलाप गर्न लागेको आरोप लगाएका छन् । सभामुख र उपसभामुख फरकरफरक दलबाट हुनुपर्ने संवैधानिक व्यवस्थाको ठाडो उल्लंघन, शेरबहादुर देउवा सरकारले विधिसम्मत गरेका नियुक्ति गैरकानूनी तवरले गरेको खारेजी, मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको जस्ता विभिन्न आरोप समेत लगाउँदै कांग्रेस सडक संघर्षमा उत्रेको छ । सञ्चार माध्यममा वढेको हस्तक्षेप, त्रिवि र संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई गरिएको दुव्र्यवहार तथा सरकारका पछिल्ला कामकारवाही अधिनायकवाद उन्मुख हुँदै गएको कंग्रेसको आरोप छ st।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤