बहुदल स्थापना,मधेश आन्दोलन र लहान चमार काण्डको उद्गम स्थलबाट नै कम्युनिष्ट समाप्त पारौ ः सभापति रामचन्द्र

  • साउन १६, २०७५
  • ८९५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नवसंग्राम दैनिक । लहान, १५ साउन । परिवर्तनको उद्गम विन्दु सिरहा रहेकोले कम्युनिष्ट सफाईको अभियान पनि यही भूमीबाट शुरु भएको नेपाली कांग्रेसका सिरहा सभापति रामचन्द्र यादवले बताउंनुभयो । नेपाली कांग्रेसले ओली सरकारविरुद्ध सिरहासहित मुलुकका ७७ वटै जिल्लामा मंगलवार प्रदर्शन गरेको छ । सोहीक्रममा सभापति यादवले आज सिरहामा जुलुस प्रदर्शन पश्चात कोणसभाको समापन गर्दै बहुदल स्थापना गर्न, मधेश आन्दोलन, लहान चमार काण्डलगायत आन्दोलनको उद्गम स्थल यो भूमि रहेकोले अब कम्युनिष्ट समाप्त पार्न यहीबाट जाग्नुपर्ने बताउंनुभयो । सभापति यादवले यो मुक्ति क्षेत्र हो ,जनतालाई मुक्ति चाहिएको छ । यसैले यो देशबाट कम्युनिष्टलाई मुक्त पार्न घर घर उठेर सडकमा आउंनुपर्ने बताउंनुभयो । सरकार कानूनी शासनको खिल्ली उडाउन लागि परेको आरोप लगाउँदै कांग्रेसले यसअघि नै घोषणा गरेको कार्यक्रम अनुसार मुलुकभर प्रदर्शन गरेको हो । सिरहामा सभापति रामचन्द्र यादबको नेतृत्वमा प्रदर्शन गरियो । पार्टीका झण्डा बोकेर प्रदर्शनमा उत्रेका काँग्रेस कार्यकर्ताहरुले ओली सरकारविरुद्ध चर्को नारा लगाएका थिए ।

सदरमुकामको विभिन्न भागमा परिक्रमा पश्चात कोणसभा गरे । कोणसभामा सभापति यादब, नेता सुभासचन्द्र यादब लगायतले मन्तव्य राखेका थिए । उनीहरुले ओली सरकार जनताको भावना विपरित विभिन्न क्रियाकलाप गर्न लागेको आरोप लगाएका छन् । सभामुख र उपसभामुख फरकरफरक दलबाट हुनुपर्ने संवैधानिक व्यवस्थाको ठाडो उल्लंघन, शेरबहादुर देउवा सरकारले विधिसम्मत गरेका नियुक्ति गैरकानूनी तवरले गरेको खारेजी, मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको जस्ता विभिन्न आरोप समेत लगाउँदै कांग्रेस सडक संघर्षमा उत्रेको छ । सञ्चार माध्यममा वढेको हस्तक्षेप, त्रिवि र संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई गरिएको दुव्र्यवहार तथा सरकारका पछिल्ला कामकारवाही अधिनायकवाद उन्मुख हुँदै गएको कंग्रेसको आरोप छ st।

प्रतिक्रिया दिनुहोस

सितापुर स्वास्थ्य चौ ...

लहान कात्तिक १८ । लक्ष्मीपुर पतारी ६ स्थित सितापुर प्र.ध. का स्वास्थ्य चौकीभित्र सेवा लिन आउने बिराम ...

सुखिपुर ८ महदेवाको स ...

शम्भु चौधरी लहान, १८ कार्तिक । सुखिपुर नगरपालिका ८ महदेवा गाउँमा समा चकेवा महोत्सव २०८२ को तयारी पुर ...

सखुवान्नकारकट्टीमा ५ ...

लहान, १८ कार्तिक । सखुवान्नकारकटटी गाउँपालिका स्थित मनेलाल माध्यमिक विद्यालय, सोठियाइनमा आज एक विशेष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१