Siraha Times
ताजा समाचार

लहानमा कसले उठाउँछन् दादागिरी ट्याक्स ?, लोकमार्गमै पार्किँग

  • असोज २७, २०७८
  • १०८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, २७ असोज । सिरहाको लहान स्थित लोकमार्गमा व्यवस्थापनको अभावमा सवारी साधनबाट जबरजस्ती रकम असुली गर्ने गिरोह सक्रिय छ । लहानको सहिद चौकदेखि पूर्व एक गिरोहको निगरानीमा पार्किँग गरिरहेको छ । सहिद चौकदेखि पश्चिम तीन स्थानमा पार्किँग गरिरहेको छ । पार्किँग निषेधित भने बोर्ड लेखिएको ठाउँमा विन्गर, म्याजिक, बस त्यो गिरोहको निगरानीमा दादागिरीका साथ पार्किग गरिरहेको छ । दशैं तिहार, दीपावली तथा छठ पर्वको यो अवस्थामा सहिद चौकको पूर्व गाइघाट स्टेन र मुक्तिनाथ बैंकको अगाडि स्टेन सँचालन गरी भिडभाड गरिरहेको छ । सहिद चौकदेखि पश्चिम मारुती होटल अगाडि, हरिकल्याण औषधालयको अगाडि र पत्रिका पसलको छेउमा सवारी साधनको पार्किग गरेर भिडभाड बढाउँने गरेको छ । अवैधानिक संचालन गरिरहेको सो पार्किगमा विन्गर, म्याजिक तथा सवारी साधन राखिएमा प्रति सवारी ७० रुपैयाँँको दरमा अवैद्य गिरोहलाई बुझाउँनुपर्ने बाध्यता छ ।

अवैद्यानिक सँचालित सो पार्किगमा दैनिक सयौ गाडि रोकिन बाध्य पार्छ । पार्किगमा रोकिएको वापत ७० रुपैयाँको दरमा रकम असुली गरिरहेको एक विन्गर सँचालकले बताए । बीच सडकमा यसरी जथाभावी सवारी साधन रोकिँदा साना सवारी साधन सिटीवाला र सर्वसाधारणलाई दुर्घटनाको जोखिम खेप्नु परेको सिटी सँचालक रामचन्द्र महतो बताउँछन् । उता, लोकमार्गको सहिद चौकदेखि दक्षिण तरकारी बजारमा विहान बेलुका भिडभाडले सडक नै अवरोध हुँदै आएको समाजसेवी मनोज यादव बताउँछन् । यादव अगाडि थप्छन् — सवारी साधनको व्यवस्थापन नगरिएकोले यो कोरोनाको अवस्थामा लहानमा जहाँ पनि भिड बढेको छ । प्रहरी प्रशासन र स्थानीय निकाय यसलाई यथाशिघ्र व्यवस्थापन गर्नुपर्ने हो । यो दायित्व पनि ती सरोकारवाला निकायको हो । नभए अब जनता आन्दोलनमा उत्रिन बाध्य हुने उनी बताउँछन् । पार्किगमा सवारी साधन लगाउँदा सम्बन्धित युनियनलाई दैनिकी रकम बुझाइरहेको छु । त्यसमा पनि थप ७० रुपैयाँको दरमा दादागिरी ट्याक्स बुझाउँनुपर्ने बाध्यता छ । यो ७० रुपैयाँ न कुनै राजस्वमा जान्छ । न कुनै निकायमा नै जाने गरेको छ । व्यक्तिगत दादागिरी ट्याक्स उठाउँने गरेको छ । जो मासिक ७—८ लाख असुली गरेर केही व्यक्तिले बाँडफाड गर्छन् एक विन्गर सँचालक बताउँछन् । उता, जिल्ला ट्राफिक कार्यालय लहान सिरहाका इन्स्पेक्टर दानबहादुर मिरिँगचिँगले ‘चाडै सडक व्यवस्था गर्ने । अवैद्य पार्किँगलाई वस पार्कतर्फ लैजाने तयारी गरिरहेको छु । एक साताभित्र सवारी साधनको व्यवस्थापन गर्न छलफल अगाडि बढाउँने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१