ताजा समाचार

गार्डलाई लहान आंखा अस्पतालमा घुस नदिंदा बुट—लाती प्रहार

  • साउन १३, २०७५
  • ११६९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान, १२ साउन । आफुलाई भ्रष्टाचारको दाग नलागेको भन्दै आएका सगरमाथा चौधरी आंखा अस्पतालमा केही समयता घुसखोरी मात्रै होइन् सेवाग्राहीलाई कुटपिट समेत गर्न थालेको छ । एसियाको दोस्रो ठूलो आंखा अस्पतालमा घुसखोरीले चरम सिमा नाघिसकेको खुलासा भएको छ । सगरमाथा चौधरी आंखा अस्पतालका गार्डद्धय तिर्थ राई र होमबहादुर शाहीले पार्किगंको चार्जमा थप ५ सय नदिंदा एक भारतीय नागरिकलाई कुटपिट गरेको छ । भारतीय नागरिक दिलिप रामले भने ‘स्टेण्डमा गाडी लगाएको चार्ज दिए’, ‘गार्डले थप पांच सय माग गरियो ।’ ‘थप रकम नदिंदा बुट, लाठी लातीले अश्लिल गाली गर्दै कुटपिट गर्न थाले ।’ प्रत्यक्षदर्शी राष्ट्रिय जनता पार्टी नेपालका लहान नगर समितिका अध्यक्ष महमुद आलमले विवाद साम्य पारेर प्रहरीमा उजुरी दिन लगाएको छ । घटना असार १२ गते विहान भएपछि आंखा अस्पतालका कर्मचारीहरुले कुटपिट गर्ने गार्डलाई संरक्षण गर्दै प्रहरीलाई फिर्ता पठाइएको छ । ईलाका प्रहरी कार्यालय लहानका टोलीले गार्डद्धयलाई तत्कालै नियन्त्रणमा लिन खोजेको थियो । गार्डले पार्किगंको लागि सधैं भारतीय सेवाग्राहीबाट थप रकम लिदै आएको छ । यसको संरक्षण चौधरी आंखा अस्पतालका कर्मचारीहरुको निर्देशनमा हुने गरेको स्थानीयको दावी छ । पार्किगं बाहेक चौधरी आंखा अस्पतालमा भौतिक पूर्वाधार निर्माण तथा खरिद विक्री र स्टलमा समेत अनियमितता गर्दै आएको स्थानीयको आरोप छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤