सडक सुधारको योजनामा व्यापक अनियमितता स्थानीयको गुनासो

  • असोज २४, २०७८
  • ९३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २४ असोज -सिरहाको लहान नगरपाकिका वडा नम्बर - २० गोर्छारी टोलको सडक सुधारको योजनामा अनियमितता भैरहेको स्थानीयको आरोप छ । नगरपालिकाको नगर स्तरीय कार्यक्रमबाट संचालित (रामटोल देखि भौसी महतोको पोखरी सम्म) को उक्त योजनामा व्यापक अनियमितता भैरहेको स्थानीयहरुको भनाई छ । लहान नगरपालिका द्वारा आर्थिक बर्ष २०७७/०७८को असार मसान्तमै काम सम्मपन्न हुनेगरी भएको सम्झौताको काम हाल सम्म पनी संचालनमै रहेकोले अनियमितताको संकेत गरिएको स्थानीय उदयकुमार सिंहले बताए । पत्रकार सम्मेलन गरी उनले भने - हामी नगरपालिका लगायत उपभोक्ता समितिलाई पटक पटक योजनाको सम्झौता कागजात र बजेट एस्टिमेट माग गर्दा पनि कुनै निकायले उक्त कागजात उप्लब्ध नगराएको सिंहले दुखेसो पोखे । आयोजना स्थलमा बजेट पारदर्शी हुने खालका सार्वजनिक सूचना बोर्ड छैन ,राख्न आग्रह गरेपनी समितिले वास्ता गरेको छैन, उनले बताए । पिसिसी ढलानमा प्रयोग गरिएको टुक्रा ईटा दुई नम्बरी प्रयोग गरिएको स्थानीय सुर्यदेव महतोले बताए।सडक सुधारका लागि गरिएको नाला निर्माण र पिसिसी ढलानमा सिमेन्टको मात्र समेत कम भएकोले आयोजनाको काम सम्पन्न नहुदै ठाउँ ठाउँमा सडक सुधारका लागि गरिएको पिसिसी ढलान भत्किरहेको छ, उनले दावी गरे ।

अनुगमन गर्न नगरपालिकाबाट ओभरसियर , ईन्जिनियरहरु स्थलगत रुपमा कोई आउदैन ,सबैको यस योजनामा मिलोमतो रहेको स्थानीयले गुनासो गरे । योजनाको काम गर्न लहान नगरपालिकाले स्थानीय उपभोक्ता समितीसंग सम्झौता गरेको छ। , तर लहान नगरपालिका वडा नम्बर - ७ का एमाले पार्टीबाट प्रत्यासी वडा अध्यक्षका उम्मेदवार (ठेकेदार ) समेत रहेका भगवान साहले काम गरिरहेकोले सो सडक सुधार योजना झन संकास्पदको घेरमा रहेको स्थानीय भुल्लु मियाले बताए । नगर स्तरीय कार्यक्रमबाट संचालित उक्त योजनाको काम मेयर मुनी साह सुडिको डिजाइनमा भैरहेको स्थानीयको दावी छ । पहिलो किस्ताको करिब १२ लाख रकम गत असार मसान्तमा निकसा भैसकेको छ ।,र बाकीको कार्यगर्नका लागि चालु आर्थिक बर्षमा नगरबाट म्याद थप गरिएको श्रोतको दावी छ। करिब ५ सय मिटर लम्बाईको सडक कालोपत्रे गर्न ५३ लाख ३२ हजार २ रुपैया ८५ पैसामा उपभोक्ता समितीले नगरपालिकाबाट योजनाको सम्झौता गरेको छ । सो बजेटबाट सडको दायाँ बाया पिसिसी ढलान ,नाला निर्माण , ठाउँ ठाउँमा ह्युमपाईप,चेम्बर ,पिच सडक लगायतको काम हुने बुझिएको छ। सडक सुधारका लागी समितिले ट्रायक्टर लगायतका सवारी साधनबाट सामग्री ढुवानी गरेको कारण करिब आधी किलोमिटर सडक बिग्रेको स्थानीयले बताए। स्थानीयलाई आवत जावत गर्न समस्या भैरहेकोले समन साहुको पोखरी देखि भौसी महतोको पोखरी सम्मको सडकलाई पनि मरोम्मत सम्भार गर्नुपर्ने स्थानीयको माग छ। यता सो बिषयमा उपभोक्ता समिती अध्यक्ष सोनेलाल महतो र लहान नगरपालिकाको प्रशासकीय अधिकृत खेमनन्दन भुसाल संग सम्पर्क गर्न खोज्दा कोई पनि सम्पर्क नभएको पत्रकारको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

ईप्रका प्रसौनी बाराक ...

रंजित चौरसिया,वीरगंज २९ जेष्ठ । बाराको प्रसौनी स्थित ईलाका प्रहरी कार्यालय प्रसौनीले अघोषित रुपमा घु ...

अंग्रेजी माध्यममा पठ ...

रहमुल लहान २८ जेठ । सिरहाको लहान नगरपालिकाले ल.ल.कु.मा.बि. र मा.वि. पडरिया थारुटोलका अंग्रेजी माध्यम ...

सबल महासङ्हजलवायुमैत ...

ओम प्रकाश यादव लहान, सिराहा, जेठ २८ ।‘सशक्त, समृद्ध, सम्मानित किसान : सबल महासङ्ह’ भन्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१