Siraha Times
ताजा समाचार

समाज सेबि चौधरीको पहलमा निशुक अँखा शिबिर सम्पन्न

स्वर्गीय संगिता स्मृति प्रतिष्ठानद्धारा लहान १६ मा एकदिने अँखा शिबिर सम्पन्न

  • असोज २४, २०७८
  • १४२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २४ असोज - स्वर्गीय संगिता स्मृति प्रतिष्ठान लहानद्धारा समाज सेबि तथा नेपाली काङ्ग्रेस चौधरीको पहलमा निशुक अँखा शिबिर सम्पन्न भएको छ। लहान नगरपालीका वाडा नम्बर १६ बर्दमारको जनता आधार भुत बिधालयमा शिबिर सम्पन्न भएको छ। लहान नगरपालीका १६ अति विकट क्षेत्र रहेकोले उक्त ठाँउ शिक्षा स्वास्थय र यातायातको निकै काठनियाई रहेको छ। निमुखा समुदायको अवाज बन्दै समाज सेबी चौधरीले सबैले संसार हेरौं भने उदेश्यले उक्त शिबिरको आयोजना गरेकोे हो। उक्त ठाँउमा लहान नगरपालीकाले बिकासको नाउँमा केहि नै देखिएको छैन ।

लहान नगरपालिका वडा नं-१६का अतिबिकट ठाँउ रहेको हो। उक्त ठाँउमा यातायातको साधनबाट निकै टाढा रहेको भसुवा,भूम्रे,देऊराली,डुम्रे र बर्दमारका गरीब, बिपन्न, असहाय तथा एकल महिलाहरुलाई नि.शुल्क आँखा शिबिर संचालन गरेका छन् । कोरोना कहरको समयमा गरीब,असहाय,बिपन्न तथा एकल महिलाहरुलाई स्व.संगीता कर्माचार्यले गरेका सहयोग निरन्तरता दिनका लागी संगीताको सम्झनामा असोज २२ गते का दिन लाई सम्झेर प्रत्येक महिनाको २२" गतेका दिन समाजमा विभिन्न किसिमका सहयोगहरु गर्ने गरेका छन।

उक्त शिबिरमा ८६ जना अँखा बिरामीले ओपीडी जाँच गराएको थियोे भने ४५ जनालाई औंषधी दिएका हुन्, र १६ जनालाई चस्मा सहयोग गरेका थियो भने २५ जनालाई मोतियाबिन्दको शाल्यक्रिया गर्ने गर्नु पर्ने शिबिरमा खटीएका डाक्टर राज कुमार यादवले जानकारी दिनु भयो। उक्त शिबिरमा उपस्थित बिरामीहरुले सेवा प्रदान गर्दै खुशी हुँदै आयोजक संस्थालाई बधाई दिएका थिए। सम्बन्धित वाडाका अध्यक्ष गरुल बहादुर जर्घा मगरले कार्यक्रमको उदघाटन गरेका थिए ।

Open Photo

प्रतिक्रिया दिनुहोस

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

रसुवा बाढीमा खडकका ९ ...

ओम प्रकाश यादव लहान भदौ २८ । भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीले सप्तरीको खडक नगरपालिकाका परिवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१