ताजा समाचार

गोलबजार नगरपालिकामा अनियमिताको गन्ध, राजनीतिक दलहरु सडक तताउंने

  • साउन ११, २०७५
  • ११२७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान, १० साउन । सिरहाको गोलबजार नगरपालिकामा व्यापक अनियमिता भएको आशंकामा राजनीतिक दलका प्रतिनिधिहरुले बील भर्पाई सार्वजनिक गर्न माग गरेको छ । गोलबजार नगरपालिका मेयर देवनाथ साह र कार्यकारी अधिकृतलगायत जनप्रतिनिधिहरुले विकास निर्माण र लक्षितवर्गको कार्यक्रममा व्यापक अनियमिता गरी जनताको काममा कमिशन खाएको राजनीतिक दलका प्रतिनिधिहरुले आरोप लगाएको छ । गोलबजार नगरपालिकाले निर्माण विकास र लक्षितवर्गको कार्यक्रममा आफ्ना नातेदारलाई प्रयोग गरी विलभर्पाई बनाएको आरोप छ । आफ्नै नजिकका आफ्न्तको ईटा भट्टाको ईटा प्रयोग गरेर कमसल समाग्रीको प्रयोग गरिएको राजनीतिक दलका प्रतिनिधिहरुको आरोप रहेको छ ।

यसै सेरोफेरोमा सिरहाको गोलबजार नगरपालिकामा सूचनाको हक प्रयोग गर्दै प्रतिपक्षी दलहरुले सूचना सार्वजनिक गर्न माग गरेको छ । आव ०७४।०७५ को सम्पूर्ण आय व्यय विवरण तथा आव ०७५ र ७६ को छनौट गरिएका योजना तथा सम्बन्धित सम्पूर्ण विवरणहरु उपलब्ध गराउन साउन ९ गते नगरपालिकाको कार्यालयमा राजनीतिक दलका प्रतिनिधिहरुले ज्ञापनपत्र बुझाएको छ । २४ घण्टाभित्र सूचना उपलब्ध नगराए सर्वदलिय संघर्ष समितिले चरणबद्ध आन्दोलनमा उत्रिने ज्ञापनपत्र मार्फत चेतावनी दिइएको छ ।

संघीय नेपालको पहिलो स्थानीय सरकारले नगरपालिकाका अन्य दललाई वेवस्ता गर्दै लोकतान्त्रिक मूल्य मान्यतालाई मान मर्दन गरेको प्रतिपक्षी दलहरुको आरोप छ । उनीहरुले नगर प्रम्ुखले सरकारी बजेटको व्यापक हिनामिना गरेको आशंका रहेकोले सूचना मागिएको जनाएका छन् । उनीहरुले २४ घण्टाभित्र सूचना उपलब्ध नगराए आन्दोलनको बाटो खुल्ला रहेको र प्रतिपक्षले निभाउंने भूमिका आफूहरुले निभाउंनेमा कुनै शंका नरहेको बताए । नगरपालिकाभित्र विभिन्न सडक तथा अन्य योजनाहरु सम्पन्न भएको र नगरपालिकाले आर्थिक मसान्त समाप्त गरिसकेको भएपनि सूचना उपलब्ध गराउन कार्यालयबाट आनाकानी भइरहेकोमा आफुहरुले यसलाई गम्भिरता पूर्वक लिएको बताए । गोलबजार नगरपालिकाको कार्यालयमा बुधवार बुझाएको ज्ञापनपत्रमा संघीय समाजवादी फोरम नेपाल, राजपा नेपाल, नेपाली कांग्रेस, विवेकशिल साझा पार्टी, नयां शक्ति पार्टी, राप्रपा प्रजातान्त्रिक, देजमो नेपालका प्रतिनिधिहरुको हस्ताक्षर गरेको उल्लेख छ । उता, नगरपालिकापक्षले निर्माण विकास तथा लक्षितवर्ग कार्यक्रमको वीलभर्पाई व्यवस्थित गर्न समय लाग्ने भएकोले केही दिनपछि सार्वजनिक गर्ने बताउंछन् । आफुहरु उपभोक्ता र जनताको चाहना अनुरुप नै काम गरेको दावी गर्छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤