५६ केजी गाँजा सहित ८ जना प्रहरीको फन्दामा

  • साउन १०, २०७५
  • ११२९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

फिरोज शेख लहान २०७५ श्रावन १० । लाहन नगरपालिका १७ गोबिन्दपुर बाट ५६ केजी प्रतिवन्धित लागु औषध गाँजा सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । गाँजाको कारोवार भईरहेको भन्ने विशेष सुराकीको आधारमा लहान १७ गोविन्दुपुरका भागेश्वर चौधरीको घरमा कारोवार भईरहेको सुचनाको आधारमा प्रहरीले छापा मर्दा उक्त परिमाणको गाँजा सहित ८ जना पक्राउ परेको हो।प्रहरीले विक्रिगर्नको लागि ठिक्क पारि प्लाष्टिकको बोरामा राखेको अवस्थामा ८ जना सहित गाँजा बरामत गरेको जनाएको छ ।

सोमबार अपरान्ह पक्राउ गरेका सवैलाई म्याद थप गराई हिजो सार्वजनिक गरिएको छ।प्रहरीले कारोवार संलगन लहान ४ का ४५ वर्षिय सत्यनारायण साह, लहान १७ का १७ वर्षिय रमेश कुमार चौधरी, धर्मेन्द्र राय, दिपक कुमार चौधरी, अनिल कुमार चौधरी, वर्ष १८ का बसन्त चौधरी संगै भगवानपुर गाउँपालीका १ बस्ने १८ वर्षिय उमेश कुमार यादव सहित ८ जना पक्राउ परेको ईलाका प्रहरी कार्यलय लहानका डिएसपी राजेश थापाले जानकारी दिएका छन्।पक्राउ परेकाहरुलाई सिरहा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहामा DOTIM अधिकार ...

ओम प्रकाश यादव लहान, पुष ७ । जनता समाजवादी पार्टी नेपालका शुभेच्छुक संगठनहरू—दलित बिचलाबर्ग, थ ...

हिमालय क्षेत्रीय छाय ...

२०२५ डिसेम्बर २१, लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१