ताजा समाचार

रक्सीमा मातिएका सेना विजय गुरुंगले पत्रकार गुप्तालाई कुटपिट गरे

  • साउन ७, २०७५
  • ८६४ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

न्यूज्वारभाटा साप्ताहिक लहान, ६ साउन । नेपाल पत्रकार महासंघ सिरहाका सदस्य तथा नवसंग्राम दैनिकका प्रतिनिधि गोपाल गुप्तालाई आज राती ९ बजेतीर उदयपुरको भुल्के १८ बाहिनीका सेनाले बीच सडकमा कुटपिट गरी घाईते बनाएको छ । पत्रकार गुप्ता लहान १ स्थित सहिद चौकको निलम ग्लास हाउसको अगाडि साथीहरुसंग कुरा गरिरहेको बेला नेपाली सेनाका विजय गुरुंग रक्सी खाएर गालीगलौज गर्दै कुटपिट गरेको हो । गुप्ताले प्रहरीलाई खबर गर्न लाग्दा सेना गुरुंग अश्लिल गाली गर्दै मार्सल आर्टको सहारामा पंच हानेर उनलाई घाईते तुल्याएको छ । गुप्ताले आफ्नो सुरक्षाको प्रयास गर्दा सेना गुरुंगले मोटरसाईकलको हेल्मेटले समेत प्रहार गरेको छ । गुप्ताको कन्चट र टाउंकोमा चोट लागेको छ । गुप्ताका साथी राहुल रौनियारलाई समेत सेना गुरुंगले टाउकोमा पंच हानेको छ । सेना गुरुंगले लखेटी लखेटी कुट्न थालेपछि गुप्ता ड्युटीमा रहेको सशस्त्र प्रहरी नजिक पुग्दा प्रहरीलाई समेत हातपात गरेको छ । स्थिति तनावग्रस्त हुंदा ईलाका प्रहरी कार्यालय लहानबाट आएका प्रहरी टोलीले सेना गुरुंगलाई नियन्त्रणमा लिएका छन् । रक्सीले मातिएका सेना गुरुंगलाई लहान प्रहरीले स्वास्थ्य परिक्षणको लागि लहान अस्पताल लगिएको छ ।

पत्रकारहरुलाई रक्सीले मातिएका सेना गुरुंगको फोटो समेत प्रहरीले खिच्न नदिएको र पत्रकार गुप्तालाई बीच सडकमा कुटपिट गरेको कार्यप्रति नेपाल पत्रकार महासंघ सिरहा शाखा यो घटनाको घोर भत्र्सना गरेको छ । पत्रकार कुटपिट गर्ने सेना गुरुंगलाई हदैसम्म कारवाही गर्न नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष दिनेश्वर गुप्ताले माग गरेको छ । उता, ईलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले भने ‘यो आर्मीहरुको लागि बलात्कार र कर्तव्य ज्यान मुद्दा बाहेक सबै कारवाही नेपाली सेनाभित्रै प्रक्रिया अनुरुप हुने भएकोले हामी यहांबाट पत्र पठाएर कारवाहीको माग अघि बढाउंने बताए ।’ ‘ स्वास्थ्य परिक्षणपछि लहान आर्मी क्याम्पलाई जिम्मा दिने ’ डिएसपी थापाले बताए । सेना गुरुंग उदयपुरको १८ बाहिनी भुल्केमा कार्यरत छन् भने तंनहु निवासी भएकाले आज उनी रक्सीमा मातिएर घर फर्किरहेका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤