ताजा समाचार

मिर्चैया : पचीस सय लिटर अवैध घरेलु मदिरा नष्ट

  • साउन ४, २०७५
  • १२८८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, ०३ साउन । मिर्चैया प्रहरीले पचीस सय लिटर अबैध घरेलु मदिरा नष्ट गरेका छन्। अवैध घरेलु मदिरा नियन्त्रण अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक कैलाश चौधरीको कमाण्डमा बुधबार खटिएको प्रहरीको गस्ति टोलीले मिर्चैया नगरपालिका बडा नं. ७ फुलबरीयामा अबैध रुपमा संचालित ५ वटा घरेलु मदिरा भट्टीलाई नियन्त्रणमा लिई २५ सय लिटर कच्चा पदार्थ र तयारी मदिरा नष्ट गरेका छन् । 
 
घरेलु मदिराले समाजमा सुरक्षा लगायत अन्य सामाजिक बाताबरणमा खल्ल पु¥याउने देखिएकोेले बरामद गरी नष्ट गर्न अभियान नै सुरु गरीएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) दिपेन्द्र शाहले बताए । घरेलु मदिराले महिला हिंसा बढ्ने र समाजमा अवाञ्छित क्रियाकलाप हुने भएको कारणले घरेलु मदिरा उत्पादनमा नियन्त्रण कायम गर्न आवश्यक रहेको उनले स्पष्ट गरे । उनले भने, “निरन्तर अभियान चलाएर घरेलु मदिराको उत्पादन र बेचबिखनमा नियन्त्रण गर्छै ।” घरेलु मदिरा बेचेरै कसैको दैनिकी चलेको भएपनि अब अन्य व्यावसाय गरी आत्मनिर्भर बन्नतिर लाग्नुपर्ने भन्दै घरेलु मदिरा उत्पादनमा रोक लगाएरै छाड्ने डिएसपी शाहले दाबी गरे ।
सीमावर्ती भारतको विहार राज्यमा त्यहाँको सरकारले मदिरा किनबेच र सेवनमा प्रतिबन्ध लगाएपछि भारतीय ग्राहकलाई लक्षित गरी यहाँ घरेलु मदिरा उत्पादनमा बृद्धि भएको बताईएको छ । चुरे डाँडादेखि सीमावर्ती क्षेत्रसम्म घरेलु मदिरा उत्पादन भइरहेको श्रोतको भनाई रहेको छ । 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤