ताजा समाचार

मिर्चैया क्षेत्रमा ४९ सय सवारीसाधन कार्वाहीमा, ३४ लाखभन्दा वढी राजस्व असुली

  • साउन ३, २०७५
  • ९६० पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, ०३ साउन । अस्थाई ट्राफिक प्रहरी पोष्ट मिर्चैयाले एक बर्षको अबधिमा ४९ सय साबारीसाधानलाई कार्वाही गरेका छन् । २०७४ साउन १ गतेदेखि २०७५ असार ३२ गतेसम्म ट्राफिक प्रहरी मिर्चैयाले ४९ सय सबारी साधनलाई कार्वाही गरी ३४ लाख ९५ हजार राजस्व संकलन गरेका छन् । बस १ सय ३१, जीप ८ सय ७५, ट्रक–ट्रिपर १५ सय ५०, मोटरसाइकल १९ सय ८२, ट्रयाक्टर ३ सय ९ र ५३ बटा टेम्पोलाई कार्वाही गरेको अस्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका ईन्चार्ज प्रहरी नायव निरिक्षक मनोज कुमार चौधरीले बताए । 

१३ जनाको मृत्यु 

अस्थाई ट्राफिक प्रहरी पोष्ट मिर्चैया क्षेत्रमा एक बर्षको अबधिमा ४४ बटा सबारीसाधन दुर्घटना भएका छन् । दुर्घटनामा परी १३ जनाले ज्यान गुमाएका छन् । जसमा ११ जना पुृरुष, १ जना महिला र १ जना बालक रहेको ईन्चार्ज चौधरीले बताए । दुर्घटनामा २४ जना गम्भिर घाइते र ५३ जना समान्य घाइते भएका छन् । 

१२ बटा मुद्धा दर्ता 

एक बर्षको अबधिमा मिर्चैया क्षेत्रमा भएको सबारी दुर्घटनाका १२ वटा सबारी ज्यान सम्बन्धि मुद्धा दर्ता भएका छन् । जसमध्ये २ जना पर्पुक्षका लागि जेल चलान भएका छन् भने २ जना धरौटीमा छुटेका छन् । मुद्धा दर्ता भएका मध्ये ३ जनामाथी अनुसंधान भईरहेका छन् भने २ जना फरार रहेको ईन्चार्ज चौधरीले जानकारी दिएका छन् । 

१ सय ३ जना मापसे कार्वाहीमा 

मादक पदार्थ सेवन गरी सबारी साधन चलाएको अबस्थामा १ सय ३ जना चालकलाई एक बर्षको अबधिमा मिर्चैया ट्राफिकले कार्वाही गरेका छन् । जसमा २० जनाको सबारी चालक अनुमति पत्रमा प्वाल पारिएको र ८३ जनासंग चालक अनुमति पत्र नभहेको समेत उनले बताए ।
 

चेकजाँचमा कडाई

सवारी साधन दुर्घटना भएर मानिसको ज्यान जाने क्रम बढेपछि ट्राफिक प्रहरीले सबारी साधन चेकजाँचमा कडाई गरेका छन् । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको लापर्वाही, मादक पदार्थ सेवन गरी सबारी साधन चलाउने, अत्याधिक यात्रु बोक्ने जस्ता कार्य घटाउन सक्रियता बढाएको हो । ट्राफिक प्रहरी पोष्ट मिर्चैयाले मातहतका स्थानमा सवारी साधनको चेकजाँचमा कडाई गरेका छन् । खासगरी पुर्बपश्चिम लोकमार्गमा लामो तथा छोटो दुरीका सवारी साधन गुड्ने र दुर्घटना हुने क्रम पनि बढेकाले चेकजाँचमा कडाई गरिएको ईन्चार्ज चौधरीले बताए । नियम विपरीत सवारी साधन चलाएको पाइएपछि ऐन अनुसार कार्वाही गरिरहेको ईन्चार्ज चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤