नवसंग्राम दैनिक । रेडियो सौगात लहान, ४ असोज । केएसएआर प्रोडक्सन प्रालिका संचालक सुजित रुचालले लहानमा डान्स, मोडलिँग, एक्टिँग, गीतसँगीत, मार्सलसहितको कार्यक्रम सँचालनमा ल्याएको छ । विश्वकर्मा पुजाको शुभअवसरमा असोज १ गतेदेखि लहान ७ स्थित उद्घाटन गरि सो कार्यक्रम सँचालनमा ल्याएको छ । सो कार्यक्रमको विधिवत रुपमा समाजसेवी महेश चौधरीले उद्घाटन गरी सँचालनमा ल्याएको छ । कार्यक्रममा वरिष्ठ पत्रकार तथा नायक दिनेश्वर गुप्ताले यस किसिमको मानव सँशाधनतर्फ जुन कार्य अघि बढाइएको छ । यसको लागि लहान नगरपालिकाले आत्मसात गरी विशेष कार्ययोजनाको व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ । तर, लहानका मेयर निर्माण कार्य मात्रै गर्छन् । जसले मेयर साहलाई कमिशन आउँने काम भइरहेको छ । मानव सँशासनले समाज परिवर्तन हुने भएकोले मेयर साह त्यसप्रति कठोर रहेको बताउँनुभयो । कार्यक्रममा मिस सिरहा सुप्रिया मण्डल, अन्जाना खातीलगातयले कला तथा मोडेल विषयमा चर्चा गर्नु भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सप्तरीको सुरुङ्गामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तकको सामुदायिक विमोचन, महिला आन्दोलनका इतिहास अभिलेखीकरणमा जोड
खडक नगरपालिकामा हेल्पिङ हार्टको सहयोग : १,२०० भन्दा बढी परिवार लाभान्वित, वडा नं. ६ का अध्यक्षको विशेष पहल
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved