इन्स्पेक्टर खड्काको निगरानीमा तस्करी, जीवछी जीवनमरनको दोसाधमा

  • साउन ३, २०७५
  • ११६४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान, ३ साउन । सिरहाको वरियारपट्टी सशस्त्र प्रहरीका इन्स्पेक्टर हरि खड्काको निर्देशनमा एक महिलालाई निर्घात कुटपिट गरेको छ । वरियारपट्टिक्षेत्रमा तस्करी धन्दा बढाएको भन्दै भन्सार कर्मचारीसंग सुखिपुर ८ निवासी जीवछी पुर्वेले कुरा गर्दै गरेको अवस्थामा इन्स्पेक्टर खड्का आएर कुटपिट गर्न लगाएको हो । जीवछी पुर्वेलाई इन्स्पेक्टर खड्काको निर्देशनमा महिला प्रहरीले उनलाई तिर्घा, पिठ्यु र पेटमा लाठीले निर्घात कुटपिट गरेको छ । पीडित जीवछी पुर्वेले ‘लाइन खाएर समान भित्र्याउंछन्, हामी गरिबलाई दूई चार पोका सलाईको बट्टा ल्याउंन नदिने ? यो कस्तो न्याय हो ।’ ‘त्यतिकैमा इन्स्पेक्टरको निर्देशनमा महिला प्रहरीले लाठी बजार्न थालियो ।’‘ऋण लिएर उपचारमा छौ ।’ पुर्वे गहभरी आंशु चुहाउंदै बताउंछीन् । घटना असार १३ गतेको हो । पुर्वेकी पतिले कान्छी ल्याएकोले उनी आफ्ना २ छोरा र एक छोरीको जीवन पाल्न स्थानीयहरुको कामकाजमा सहयोग गरिदिने गरेका छन् । कुटपिटबाट घाईते बनेकी पुर्वे १५ दिनदेखि उपचारमै थिइन् । अहिले न्यायको लागि उनी जिल्ला प्रशासन कार्यालय सिरहामा निवेदन गरेकी छीन् । उता, प्रशासनले छानविनको प्रक्रिया अगाडि बढाएको दावी गरेका छन् । उपचारको क्रममा ९ बोतल स्लाइन पानी लगाएको छ भने पीडित पुर्वे १० हजार ऋण लिएर आफ्नो उपचार गराइरहेकी छीन् । त्यसक्षेत्रमा इन्स्पेक्टर खड्काले दर्जनौ बिलेकियालाई लाईन दिएर दैनिक लाखौको राजस्व छली गरिरहेको छ । विलेकिया तथा तस्करहरुले भारतबाट राजनिवास, दाल, चिनी, खानेतेल, लागुऔषध भित्र्याउंने गरेको छ भने नेपालबाट चाइनिज स्याउ, गाजा निर्यात गर्न सशस्त्र प्रहरीका इन्स्पेक्टर हरि खड्काले सहयोग गर्दै आएको छ । सितापुरमा सटर विवाद, प्रअ घुसखोरीमा रिंकु दास । नवसंग्राम दैनिक लहान, ३ साउन । लक्ष्मीपुर पतारी ६ सितापुर स्थित रहेको श्री रामा महन्थी यादव जनता माध्यमिक विद्यालयको सटर भाडाको विषयमा विवाद चर्किएको छ । विद्यालयका पूर्व प्रधानाध्यापक मो.सनउला खांले सटर भाडा बापत प्रति व्यक्ति २ लाख ४० हजार उठाएको थियो । त्यसमा ४० हजार कमिशन खाएर प्रअ सनउला खांले २ लाखको रसिद मात्रै दिएको खुलासा भएको छ । उता, प्रधानाध्यपक कासेन्द्र यादवले नयां भाडा लगाएर अर्के व्यक्तिलाई रकम लिएर सटर भाडामा दिएकोले विवाद चर्किएको छ । वडा अध्यक्ष राजेश्वर साहले विद्यालयमा भइरहेको विवादलाई समाधान गर्न स्थानीयस्तरमा छलफल चलाउंन थालेको छ । उता, स्थानीयवासीले सटर भाडाको विवाद टुंगो नलागेसम्म तालाबन्दी गरेको छ । सितापुरको अवस्था यत्तिबेला प्रअको घुसखोरी र विद्यालय व्यवस्थापनको लापरवाहीको कारण तनावग्रस्त छ । स्थानीय लहौटी साफीले भने ‘२०७४ माघ २४ गते १३ जनाले रु ७५ हजारको दरले प्र.अ.काशेन्द्र यादबलाई रकम बुझाएका थिए । ’ ‘तर, सटर अरुलाई दिएर हामीसंग ठगी गरेको हो ।’ रकम बुझाएका मध्ये केहीले सटर पाएको छ भन्ने अधिकतमले सटर पाएका छैन । यता, छ जनासंग २ लाख ४० हजारसम्म रकम असुल गरेको छ । अमित गुप्ता ,शिवचरण यादव ,फियाज राईन, र लहौटी साफीले २ लाखका दरले रकम बुझाएका छन् भन्ने शिवजी गुप्ताले २ लाख ४० हजार र मोहितनारायण साहले १ लाख रकम बुझाएका छन् । सटर विवादले स्थानीयले ईलाका प्रहरी कार्यालय लहानमा उजुरी परेको छ ।

प्रतिक्रिया दिनुहोस

राष्ट्रीय स्तरमा कुर ...

काठमाडौं, मंसिर, ९ साउदी अरबको इस्लामी मामिला, दावत र मार्गदर्शन मन्त्रालयको आयोजनामा दोस्रो अल नेपा ...

क्याकुसिन करातेको डो ...

रन्जित चौरसिया बारा, ९ मंसिर / बाराको फेटा गाउपालिका वडा नम्बर १ भलुही स्थित बगैचा कटेजमा हुने गरेको ...

पर्साको श्रीसिया नाक ...

रन्जित चौरसिया वीरगंज ८ मंसिर । पर्सा जिल्लाको श्रीसिया नाका हुदै व्यापक रुपमा तस्करी फस्टाएपनि स्था ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१