कर्जन्हा : नगरपालिकाको कार्यालयमा आगजनी, विरुद्धमा स्थानियद्धारा चक्काजाम

  • असार २८, २०७५
  • ११०७ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पण्डित सिरहा, २७ असार । सिरहाको कर्जन्हा नगरपालिकाको कार्यालयमा अज्ञात समुहले गएराति आगजनी गरेका छन् । कर्जन्हा नगरपालिका बडा नं. ११ स्थित बगहामा रहेको नगरपालिकाको कार्यालयमा अज्ञात समुहले गरेको आगजनीले कार्यालयको झ्याल, ढोका र फर्निचर लगायतका समानहरुमा क्षति पुगेको छ ।
नगरपालिकाका मेयर गंगा पासवानले नगरपालिकाको केन्द्र भाड्ने नियतले आगजनी गराएको स्थानिय राजलाल कामतले आरोप लगाए । नगरपालिकाको साबिक केन्द्र बगहा रहेपनि मेयर पासवानले कर्जन्हा बजारमा राख्ने पक्षमा रहेकोले स्थानियहरुले बगहा केन्द्र राख्नुपर्ने भन्दै अदालतमा मुद्धा दिएको थियो । अदालतले कर्जन्हा नगरपालिकाको केन्द्र बगहा राख्नुपर्ने आदेश समेत दिएको स्थानिय अनिल महतोले बताए । 

विरुद्धमा चक्काजाम 

कर्जन्हा नगरपालिकाका मेयर गंगा पासमानले आफ्नो स्वार्थका लागि नगरपालिकामा आगजनी गराएको भन्दै स्थानियहरुले पुर्वपश्चिम लोकमार्गको वस्तिपुर मिर्चैया सडकखण्ड अन्तर्गत बगहामा चक्काजाम गरेका थिए । कार्यालयमा आगजनी गर्ने  समुहको पक्राउ गरी कार्वाही गनुपर्ने माँग गर्दै आज करीब विहान १० बजेदेखि ११ बजेसम्म चक्काजाम गरिएको स्थानिय राजलाल कामतले बताए ।
मेयर पासमानलाई बोलाई छलफल गर्ने सहमति पश्चात चक्काजाम खोलिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक कैलाश चौधरीले बताए ।
कर्जन्हा नगरपालिकामा लामो सायदेखि केन्द्रको विषयमा बिबाद हुदै आएको छ । आगजनीले नगरपालिकाको दैनिक काम काज ठप्प भएको बताईएको छ । 

प्रतिक्रिया दिनुहोस

किर्ते जालसाजी मुद्द ...

रहमुल लहान  वैशाख ८।सिरहाको  नवराजपुर गाउँपालिका वडा नं. २ का  पूर्व निर्वाचित वडा अध ...

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१