मिर्चैया : डिएसपी सरुवा गरेको भन्दै उद्योग मन्त्रि यादवको पुत्ला दहन

  • असार २५, २०७५
  • १६९३ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पण्डित सिरहा, २५ असार । पदिय शक्ति दुरुपयोग गरेको भन्दै मिर्चैयाका नागरिक समाजले उद्योग बाणिज्य तथा आपुर्तिमन्त्रि मात्रिका प्रसाद यादबको पुत्ला दहन गरेका छन् । 
ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) दिपक खड्का इमान्दार, स्वच्छ छविका भएपनि मन्त्रि यादबको आदेश नमान्दा पदिय शक्तिको दुरुपयोग गरी सरुवा गरेको भन्दै फिर्ताको माँग गर्दै स्थानिय नागरिक समाजले आज (सोमबार) पुर्बपश्चिम लोकमार्ग स्थित मिर्चैया नगरपालिका ६ कटारी चौकमा मन्त्रि यादबको पुत्ला दहन गर्दै प्रदर्शन गरेका हुन् । 
मिर्चैया नगरपालिका ५ बाट निस्किएको बिरोध र्यालीमा “उद्योग मन्त्रि मात्रिका यादब मुर्दाबाद, स्वच्छ छबिका डिएसपी फिर्ता गर, युवा एकता जिन्दाबाद, नागरिक समाज एक होऊ” लगायतका नाराबाजी गर्दै थाना चौक हुँदै कटारी चौकमा पुगी पुर्ब पश्चिम लोकमार्ग करीब आधा घण्टा चक्काजाम गरी पुत्ला दहन गरेका छन् । 
मन्त्रि यादवको आदेश नमान्दा निजि स्वार्थका लागि पावर युज गरी डिएसपी खडकालाई सुरुवा गरेको नागरिक समाजको आरोप रहेका छन् । कोणसभामा बोलेका वक्ताहरुले डिएसपीको सरुवा फिर्ता नगरे थप आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । 
ज्ञातव्य, केहिदिन पहिला मन्त्रि यादबको आफन्तको घरमा मिर्चैया स्थित अष्टयाम भईरहेको बेला ठुलो स्वरमा लाउडस्पिकर बजाएको भन्दै मिर्चैया प्रहरीले माइक नियन्त्रणमा लिएपछि बिबाद चुलिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहामा DOTIM अधिकार ...

ओम प्रकाश यादव लहान, पुष ७ । जनता समाजवादी पार्टी नेपालका शुभेच्छुक संगठनहरू—दलित बिचलाबर्ग, थ ...

हिमालय क्षेत्रीय छाय ...

२०२५ डिसेम्बर २१, लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१