भदौ २२ पछि मन्त्री परिषद् विस्तार हुन्छ : उपेन्द्र यादव

  • भदौ १७, २०७८
  • १००८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / विजयनगर जनकपुरधाम, १७ भदौ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले भदौ २२ गते पछि मात्र मन्त्री परिषद विस्तार हुने बताएका छन् । बिहीबार जनकपुमा संचारकर्मीहरु संग संक्षिप्त कुरा गर्दै अध्यक्ष यादवले गठबन्धनमा कुनै विवाद नभएको तर २२ गते पछि मात्र मन्त्रीपरिषद विस्तार गर्नुपर्ने जसपाको प्रस्तावमा गठबन्धन सहमत भएको उनले बताए । मन्त्रालयलाई लिएर माधवकुमार नेपालसँग विवाद भएको सन्दर्भमा संचारकर्मीहरुले सोधेको प्रश्नमा पुर्व उपप्रधानमन्त्री समेत रहेका यादवले मन्त्रालय भागबण्डामा कुनै विवाद नरहेको बताए ।

प्रदेश २ मा २२ गते सम्म सांसदहरुले पार्टी रोज्न पाउने भएको र पार्टी फुटन सक्ने डरले त्यसपछि मन्त्री परिषद विस्तार गर्ने सोच्नु भएको हो ? भन्ने प्रश्नमा उनले तत्काल फुरसतको कमी रहेकाले २२ गते नै गरौं भन्नेमा सवै सहमत भएको उनको भनाई छ । उनले लोसपाका अध्यक्ष महन्थ ठाकुर सहितका नेताहरुलाई विचारा भन्दै उनीहरुसँग जसपाको तुलना नगर्न आग्रह गरेका छन् । प्रदेश २ मा २२ गते सम्म जसपाका स्थानिय र प्रदेशका जनप्रतिनिधीहरुले दल रोजन पाउने र निर्वाचन कार्यालयमा सनाखत गर्न पाउने समय सिमा तोकिएको छ । यादवको स्वागतका लागि विमानस्थलमा प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु, पार्टीका नेता कार्यक्रताहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

नेशनल लघुबित्त बित्त ...

सिराहा / असार १८ गते । नेशनल लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय बिन्धी, धनुषा द्वारा १२ औ ...

सभापति बनैतामाथि एमा ...

लहान १८ असार । नेपाल पत्रकार महासंघ सिरहाका सभापति मनोज बनैतामाथि नेकपा एमाले लहान नगर अध्यक्ष राजकु ...

सुखीपुर नगरपालिकाले ...

ओम प्रकाश यादव, लहान असार १६ । सिरहा जिल्लाको सुखीपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि अनुमान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१