ताजा समाचार

लहानका मेयर साहले फोहोरलाई मोहरमा बद्लिने, मलखाद्य उद्योग लगाउंने

  • असार १९, २०७५
  • १७८० पटक पढिएको
  • सिराहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान १९ असार । ‘कृषि उपजमा बृद्धि नआए खाद्य संकट आउंन सक्छ ।’‘वातावरण संतुलन भएन भने स्वास्थ्य समस्या आउंन सक्छ ।’ ‘यसैलाई मध्यनजर गरी फोहोरलाई मोहरमा बद्लिन जरुरी छ ।’ लहान नगरपालिका मेयर मुनि साह बताउंछन् । लहान नगरपालिकामा बर्षेनी हजारौ टन फोहोर संकलन हुंदै आएको छ । फोहोर व्यवस्थापनको लागि डम्पिगं साईट राखिएपनि त्यहांको दुर्गन्ध बजारभरी फैलिदै आएको छ । लहानको ग्रामिण र बजारक्षेत्रलाई स्वच्छ, सफा र हराभरा बनाउंन फोहरलाई समयमै मोहरमा बद्लिन लहानका मेयर साह अगाडि थप्छन् ‘सरफाई अन्तरगत ७० लाखको योजनामा मल उत्पादनको बजेट बिनियोजन गरिएको छ ।’‘यसले आधुनिक मल बनाउंछ र दर्जनौले रोजगारी पाउंछन् ।’ ‘लघु उद्योगको लागि पनि कार्यक्रम रहेको छ ।’ ‘यस अन्तरगत २०—२५ जनाले रोजगारी पाउंछन् ।’ र,वडालाई उद्योग क्षेत्र घोषणा गरिने कार्यक्रम रहेको छ ।’ मेयर साह बताउंछन् ।

‘समृद्ध लहानको आधार—कृषि, उद्योग, पर्यटन र पूर्वाधार’ भने मुल नाराका साथ लहान नगरपालिकाले आव २०७५।०७६ को बजेट आज सार्वजनिक गरेको छ । नगरपालिकाले चालुतर्फ ४५.९७ प्रतिशत र पुंजीगततर्फ ५४.०३ प्रतिशत गरी १ अर्ब ३५ करोड २५ हजार बराबरको बजेट प्रस्तुत गरिएको छ । आव ०७४।०७५ को बजेट मध्ये केही तलबको रकम फ्रिज हुने भएको छ भने पुंजीगततर्फ ३० करोड रकम आउंदो आवमा कार्यक्रमको लागि संचालन हुने भएको छ । आव ०७५।०७६ को लागि लहानका २४ वटै वडालाई समानुपातिक आधारमा रकम विनियोजन गरिएको छ । यस अन्तरगत प्रत्येक वडामा ४० लाख र वडा नम्बर ५, ९, १०, ११, १२, १३, १८ र २४ लाई थप ५ लाख गरी ४५ लाख बजेट विनियोजन गरिएको छ । लहान नगरपालिकाले हालसम्म आर्थिक ऐन, सहकारी, प्रशासनिक, न्यायिक, शिक्षा, सरसफाई, भवन कार्यविधि नक्शा, राजपत्र प्रकाशन कार्यविधि २०७५, नीति तथा कार्यक्रम सम्बन्धी ८ ऐन र २ कार्यविधि तयार गरेको छ । यसलाई लहान राजपत्रमा प्रकाशन गर्ने र वेभसाईटमा अपडेट गर्ने नगरपालिकाले जानकारी गराएका छन् । यि कार्यक्रमहरुलाई निरन्तरन्ता दिंदै ‘हाम्रो लहान, समृद्ध लहान’ भन्ने नारालाई लहान नगरपालिकाले मुर्तरुप दिने तयारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤