Siraha Times
ताजा समाचार

गेडुवाजोत पत्रकारको तर्फबाट कृष्ण भगवान जन्मदिनको हार्दिक शुभकामना

  • भदौ १४, २०७८
  • ९४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विजयनगर धर्मेन्द्र चौधरी / कपिलवस्तु विजयनगर ७ गेडुवाजोत पत्रकारको तर्फबाट कृष्ण भगवान जन्मदिनको हार्दिक शुभकामना छ हिन्दूधर्मावलम्बीहरुले बडा धुमधामका साथ जन्माष्टमी पर्व मनाई रहेका छन। यस अवसरमा सरकारले भगवान श्रीकृष्णले मामा कंशलाई बध गरेकाका दिन देखि नै राक्षसी प्रवृत्ति अन्त्य भएको जनविश्वास रही आएको देखिन्छ। ज्ञानयोग,कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भएको मानिन्छ।हिन्दु पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले उक्त दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोक्षरात्री भनिन्छ । आजका दिन अधिराज्य भरका कृष्ण मन्दिरहरुमा भगवान कृष्णको पुजा आराधना , भजन , प्रवचन संकिर्तन गर्नुका साथै विशेषगरी महिलाहरु व्रत बसी रातभर जाग्राम बस्ने चलन पनि छ। अन्याय , अत्याचार , राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न विष्णुको आठौं अवतारमा कृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए। कुरुक्षेत्रमा कौरवहरुसँगको लडाइँ संलग्न पाण्डवहरुमध्येका अर्जुनलाई उपदेश दिने माखन चोर अर्थात श्रीकृष्ण नै हुन। जन्माष्टमीलाई सातम आठम , गोकुलष्टमी , अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती , श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ। आजका दिन देश भर वा सिराहा , लहान लगायतका गाउँगाउँमा कृष्ण भगवानको मुर्ति राखी पुजा गरिदै छ। भारतमा समेत विभिन्न समुदायका हिन्दु धर्मावलम्बीहरु कृष्णाष्टमी हर्षोल्लासका साथ मनाउँदै छन। देवकी तथा बासुदेवका आठौं सन्तानका रुपमा कृष्णको जन्म भएको थियो ।कृष्ण र बलिराम बिच धनिष्ठ तथा बन्धुबान्धवको सम्बन्ध थियोे । कृष्ण मथुराका यादवको भृष्नी लुकेका थिए।मथुरा ( हाल मथुरा जिल्ला उत्तर प्रदेश ) यादवहरुको राजधानी रहेको थियोे।

प्रतिक्रिया दिनुहोस

स्थगित परीक्षा पुनः ...

ओम प्रकाश यादव लहान , भदौ १३ । सप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित जागेश्वर गरहाई जनता माध् ...

सिराहा: कल्याणपुर प् ...

विसुनदेव सरदार लहान, भदौ १३ । सिराहाको कल्याणपुरमा भएको मोटरसाइकल दुर्घटनाको घटनालाई प्रहरीले उचित क ...

भोटेकोशी बाढी प्रभाव ...

ओम प्रकाश यादव लहान, भदौ ११ । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित तथा विस्थापित समुदायलाई ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१