ताजा समाचार

समृद्ध लाहानको आधार - कृषि, उधोग, पर्यटन र पुर्वाधार - मेयर साह

  • असार १९, २०७५
  • १२८७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

मनोज बनैता, लाहान, १९ असार । "समृद्ध लाहानको आधार - कृषि, उधोग, पर्यटन र पुर्वाधार " भन्ने मूल नाराका साथ लाहान नगरपालिकाको आ.व. २०७५/७६ को लागि नीति तथा कार्यक्रम र यस वर्षको बजेट पारित गरिएको छ । मेयर मुनी साह ले पत्रकार सम्मेलन मार्फत सो कार्यक्रम सार्वजनिक गरेको हो ।

असार १० गते कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेर बहादुर तामाङ को प्रमुख आतिथ्यमा आयोजित लाहान नगरपालिकाको दोस्रो नगरसभाको समुद्धाटन समारोहमा यस नगरपालिकाको आगामी आ.व २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । जारी विज्ञप्ति अनुसार सबै वर्ग, क्षेत्र, समुदायलाई सम्बोधन गरि बिकासका सबै पुर्वाधार एवं सेवा प्रवाहका क्षेत्रलाई गुणस्तरीय बनाउन यथासम्भव प्रयत्न गर्ने नीति लिएको छ । २०७५/९३/१४ गते यस नगरपालिकाको कार्यसन्चालनको लागि अत्यावश्यक रहेको ऐन, कानुन तथा कार्यविधि पारित गरि विभिन्न निर्णयहरु गरि दोश्रो नगरसभा समापन गरिएको छ ।

यस नगर क्षेत्रका सबै वडाको समानान्तर विकासलाई केन्द्रविन्दुमा राख्दै प्रदान गरिएको बजेट सिमाभित्र रहेर सबै वडा कार्यालयबाट प्राप्त भएको वडास्तरीय, नगरस्तरीय र केन्द्र स्तरका योजनाहरु एकीकृत गर्ने कार्य समेत भएको छ । आगामी आ.व. २०७५/०७६ का लागि रु. १,३५,००,२५,०००।- बराबरको कूल आय व्ययको अनुमान गरिएकोमा चालू तर्फ ४५.९७% र पूँजीगत तर्फ ५४.०३% को अनुमान् गरिएको छ । सो सिमाभित्र रही खर्च गर्ने र आन्तरिक आयका श्रोत पहिचान गरि आर्थिक उन्नति हासिल गरि "हाम्रो लाहान, समृद्ध लाहान" भन्ने नारालाई मूर्तरूप प्रदान गर्ने तर्फ लाहान नगरपालिका अभिप्रेरित रहेको उक्त विज्ञप्ति मा उल्लेख गरिएको छ । आर्थिक एवं समाजिक रुपान्तरणका लागि प्रदेश तथा संघीय सरकार सँग ठूला आयोजना निर्माण सम्बन्धमा माग गर्ने निर्णय गरि सो सम्बन्धमा आवश्यक प्रयत्न समेत गरिएको छ ।

अन्त्यमा आ.व. २०७४/७५ मा यस नगरपालिका लाई हालको स्थान सम्म ल्याई पुर्याउन साथ र सहयोग गर्ने सम्पुर्ण नगरवासी, राजनैतिक ब्याक्तित्व , सरकारी तथा गैरसरकारी संघ संस्था , पेशागत संघसंगठन, सञ्चारकर्मी तथा सम्पुर्ण कर्मचारीहरु प्रति मेयर साहले हार्दिक आभार प्रकट गरेका छन।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤