कर्जन्हा : स्वास्थ्य बिमा सम्बन्धि अभिमुखिकरण

  • असार १७, २०७५
  • ७९६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, १७ असार । स्थानिय सरोकारबालाहरुको एक दिने स्वास्थ्य बिमा सम्बन्धि अभिमुखिकरण कार्यक्रम कर्जन्हा नगरपालिकामा सम्पन्न भएका छ । सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम सम्बन्धि जानकारी दिएर धेरै भन्दा धेरै नागरिकको विमा गराउने उदेश्यका साथ शनिबार अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको थियो । अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य बिमा किन गर्ने, यसको उदेश्य र फाइदा, बिमाबाट कस्तो किसिमको बिरामीले उपचार गर्न पाउने र कस्तो बिरामीले उपचार गर्न नपाउने भन्ने बिषयमा जानकारी गराइएको थियो ।  
सामुदायिक स्वास्थ्य बिमा कार्यक्रमले अति गरिबहरुलाई स्वास्थ्य सेवामा शत प्रतिशत, गरिबलाई ७५ प्रतिशत र सिमान्तकृत गरीबहरुलाई ५० प्रतिशत छुट दिने गरिएको छ । सरकारले सञ्चालन गरेको २५ सय रुपैयाँको स्वास्थ्य बिमामा गरेमा ५० हजार सम्मको उपचार गर्न उपलब्ध हुने व्यवस्था छ । 
 
कार्यक्रममा कर्जन्हा नगरपालिकाका मेयर गंगा पासमान, उपमेयर ज्ञानु श्रेष्ठ, स्वास्थ्य बिमाका प्रदेश २ का प्रमुख रमेन्द्र कुश्वाहा, दर्ता अधिकारी पशुपति चौधरी, मन्जु लामा, सम्भना साह र कर्जन्हा नगरपालिकाका स्वास्थ्य शाखा संयोजक शिबदयाल महतो लगायतका उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

नवराजपुरमा विपतका सम ...

रहमुल लहान २७ जेठ । सिरहाको नवराजपुर गाउँपालिकाको सभाहलमा शिक्षा, युवा तथा खेलकुद शाखा नवराजपुर गाउँ ...

गुणस्तर सेवा प्रवाह ...

रहमुल लहान २७ जेठ । सिरहाको लहान स्थित रहेको रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक प्रादेशिक अस्पत ...

कलैया यातायातका प्रम ...

रंजित चौरसिया,वीरगंज २५ जेष्ठ । यातायात व्यवस्था कार्यालय कलैया बाराका प्रमुख अविन्दर दासले सवारी चा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१