मिर्चैया - निःशुल्क स्बास्थ्य तथा बाझोपन शिबिरमा पाँच सय पशुको उपचार

  • असार १४, २०७५
  • १२४३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, १२ असार । मिर्चैयामा एक दिने निःशुल्क पशु स्बास्थ्य तथा बाझोपन निबारण शिबिर सम्पन्न भएको छ । शिबिरमा बाख्रा, गाई, गोरु, भैसी लगायतका पशुहरुलाई आज (मंगलबार) निःशुल्क उपचार गरिएको मिर्चैया नगरपालिकाका पशु शाखाका संयोजक नगेश्वर हाथीले बताए । संयोजक हाथीको नेतृत्बमा रहेका २५ जनाको चिकित्सक र प्राबिधिकहरुको टोलीले पशुचौपायाहरुलाई उपचार गरेका छन् ।
टोलीमा पशु प्राबिधिक युगेश्बर साह, डा.रामगुलाम यादब, डा.सुनिल कुमार साह र पशु चिकित्सक राजेन्द्र प्रसाद साह लगायतका रहेका थिए ।

 

पशुहरुलाई निःशुल्क जाँच गरी करीब ७० हजारको औषधी बितरण गरिएको उनले बताए । शिबरमा ३ सय ७२ कृषकका ५ सय ८९ पशुलाई खोप र ५ सय ७ पशुलाई उपचार गरिएको संयोजक हाथीले बताए । 
मिर्चैया नगरपालिका बडा नं. ८ का बडा अध्यक्ष रामजगत यादबको अध्यक्षता तथा नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडलेको प्रमुख आतिथ्यमा शिबिर सम्पन्न भएको हो । मिर्चैया नगरपालिकाको आर्थिक सहयोग र पशु शाखाका समन्बयमा शिबिर संचालन गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

नवराजपुरमा विपतका सम ...

रहमुल लहान २७ जेठ । सिरहाको नवराजपुर गाउँपालिकाको सभाहलमा शिक्षा, युवा तथा खेलकुद शाखा नवराजपुर गाउँ ...

गुणस्तर सेवा प्रवाह ...

रहमुल लहान २७ जेठ । सिरहाको लहान स्थित रहेको रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक प्रादेशिक अस्पत ...

कलैया यातायातका प्रम ...

रंजित चौरसिया,वीरगंज २५ जेष्ठ । यातायात व्यवस्था कार्यालय कलैया बाराका प्रमुख अविन्दर दासले सवारी चा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१