ताजा समाचार

मिर्चैया - कुष्टरोगी खोज्न स्वास्थ्य स्वयंसेविकाहरु गाउँगाउँमा

  • असार १२, २०७५
  • ७८७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, १२ असार । मिर्चैया नगरपालिकाले कुष्टरोगी खोजी गर्न स्वास्थ्य स्वयंसेबिकाहरुलाई गाउँगाउँमा परिचालन गर्ने भएका छन् । नगरपालिकाका स्वास्थ्य शाखाले आज (मंगलबार) एक कार्यक्रम गरी स्बास्थ्य स्वयंसेबक र स्वयसेबिकाहरुलाई बुधबारदेखि कुष्टरोगी खोजी गर्न गाँउगाँउमा पठाउने बताएका छन् । नगरपालिकाका बडा नं. १, २, ३ र १२ मा कुष्टरोगीहरुमा देखिने  नचिलाउने दागको खोजी गर्नका लागि असार १३ गते बुधबबारदेखि १५ गते शुक्रबारसम्म ७२ जना स्बास्थ्य स्वयंसेबक र स्वयसेबिकाहरुलाई परिचालन गर्ने मिर्चैया नगरपालिकाका स्बास्थ्य शाखा प्रमखु सुरेश सिंहले बताए । 
 
लाटो फुस्रो दाग देखिएमा खोजी टोलीले तत्कालै रोगीलाई रोग निदान टोलीमा पठाउने र त्यहाँ सम्भब नभए सुपरभिजन टोलीमा पठाई निःशुल्क उपचार गरिने जिल्ला स्वास्थ्य कार्यालय सिरहाका क्षयरोग तथा कुष्टरोग अधिकृत उमेश यादबले बताए । सिरहामा प्रत्येक १० हजार मानिसमध्ये १.३० प्रतिशतमा पिआर दखिएको छ । यो कार्यक्रम लहान, धनगढी, गोलबजार, कर्जन्हा र सिरहा नगरपालिकामा संचालित रहेको नगरपालिकाका स्वास्थ्य सहसंयोजक बिजय महतोेले बताए । मिचैैया नगरपालिकाको उक्त चारवटै बडामा ९ जना कुष्टरोगी रहेका छन् । 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤