ताजा समाचार

यातना पिडित सहयोगार्थ अन्तराष्ट्रिय दिवसको अवसरमा लहानमा प्रभातफेरि

  • असार १२, २०७५
  • ९९० पटक पढिएको
  • सिराहा टाइम्स
alt

सिरहा, १२ असार । यातना पिडित सहयोगार्थ अन्तर्रािष्ट्रय दिवसको अवसरमा लहानमा प्रभात– फेरि गरिएको छ । सिरहाको लहानमा मानव अधिकारकर्मीहरुले राज्यले विभिन्न बहानामा नागरिकलाई यातना दिने गरेको हुनाले सो यातनाको बिरुद्ध पिडितलाई न्याय दिलाउने उद्देश्यले तराई मानव अधिकार रक्षक संजालले आज (मंगलबार) प्रभात फेरि गरेको हो ।

लहान नगरपालिकाको बिभिन्न भागको परिक्रमा गर्दै शहिद रमेश चोकमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै थर्ड एलायन्सका मानवअधिकार अधिकृत किरण कुमार कर्णले राज्यमा सुशासन व्यवस्था कायमको लागि प्रहरी प्रशासनले बन्दुकको दम्भ नत्यागेसम्म नागरिकले स्वतन्त्रतापुर्वक बाच्नलाई चुनौती रहेको बताए ।
 
मानव अधिकारकर्मी रेणु कर्णले यातना बिरुद्ध पिडित आफै अग्रसर भएमा राज्य स्वयम् गम्भीर भई यातनामा न्यूनीकरण हुने बताए । सिरहा मानव अधिकार रक्षक संजालको समन्वयमा भएको कार्यक्रमको सन्चालन अध्यक्ष चदन कर्णले गरेका थिए । 
कार्यक्रममा नेपाल पत्रकर महासंघ सिरहाका सभापति दिनेश्वर गुप्ता, ईन्सेक सिरहा प्रतिनिधि दुर्गा परियार, संजालका सचिव राम नारायण पण्डित, समग्र जन उत्थान केन्द्रका कार्यक्रम संयोजक देवराज पोखरेल, अधिकारकर्मी मुकेश यादव, महेश सिह र तन्जिला खातुन लगायतहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤