असारे बजेटको एक नमुना गोलबजारमा, विकासको नाममा हात्तीको देखाउंने दांत

  • असार १२, २०७५
  • ९५५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

गणेश साह  नवसंग्राम दैनिक लहान ११ असार । सिरहाको गोलबजार नगरपालिकामा बनाउंदै गरेको ढल निकास (नाला) भत्किएको छ । गोलबजार नगरपालिकाले देखावटी विकासको नमुना पेश गर्दा परिणाम चाडै सार्वजनिक भएको छ । ६५ लाखको लागतमा निर्माण भइरहेको पक्कि नालामा कमसल सामाग्री प्रयोग गर्दा समान्य बर्षामा भत्किएको जानकारीमा आएको छ । गोलबजार ४ स्थित निर्माण गर्दै गरेको नालामा तोकिएको सामाग्री प्रयोग नहुंदा भत्किएको स्थानीयहरु बताउंछन् । कम मात्रामा सिमेन्ट र सागर कम्पनीको दोस्रो तहका ईटा प्रयोग गरेकोले उक्त बन्दै गरेको नाला भत्किएको स्थानीयहरुको आरोप छ । 
एक स्रोतका अनुसार मेयर देवनाथ साहले आफन्तका कम्पनीका ईटा प्रयोग गरिएको दावी छ । यसमा प्राविधिकहरुको समेत कमि कजोरी रहेको छ भने नगरपालिकाका कार्यकारी अधिकृतले कमिशन पाएकोले कमसल सामाग्री प्रयोग गर्न बाध्य भएको हो । गोलबजार नगरपालिकाका केही जनप्रतिनिधिहरुले विकासको नाममा व्यापक अनियमितता गरेकोले ठोस काम हुन नसकेको आरोप छ । लक्षितवर्गको कार्यक्रममा समेत गोलबजार नगरपालिकाले कमिशनमा आफ्ना नजिकका संघ संस्थाहरुलाई कार्यक्रम दिएको स्रोतको दावी छ । यत्तिवेला विकासको नाममा गोलबजार नगरपालिकाले हात्तीको देखाउंने दांतको चरितार्थ शैली प्रदर्शन गरिरहेको छ । गोलबजार नगरपालिकापक्षले बर्षाको कारण नाला भत्किाएको हो । अहिले ईंटा र बालुवा सिमेन्ट राम्ररी नजमेको कारण भत्किएको हुनसक्छ । यसलाई चाडै मर्मत गरेर काम अगाडि बढाउंने बताएका छन् । असारे बजेट झ्वाम पार्न गोलबजार नगरपालिकाले ठोस काम नगरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहामा DOTIM अधिकार ...

ओम प्रकाश यादव लहान, पुष ७ । जनता समाजवादी पार्टी नेपालका शुभेच्छुक संगठनहरू—दलित बिचलाबर्ग, थ ...

हिमालय क्षेत्रीय छाय ...

२०२५ डिसेम्बर २१, लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१