रौतहटको चन्द्रनिगाहपुरमा भीषण आगलागि

  • चैत १४, २०७४
  • ८८३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत १४ चन्द्रपुर नगरपालिका वडानं ६ मा रहेको राहुल हार्डवेयर एण्ड फर्निचर उद्योगमा लागेको आगो नियन्त्रणमा आउन सकेको छैन् । आज बुधबार बिहान साडे पाच बजेको समयमा लागेको आगो यो समाचार तयार पार्दा सम्म नियन्त्रणमा आउन नसकेको पत्रकार आशोक पाहादिले बताए । पसलमा लागेको आगो नियनत्रणका लागि चन्द्रपुर नगरपालिका गौर नगरपालिका र सर्लाहीको हरिऔन नगरपालिकाका तीनवटा बारण यन्त्रले पानी फालेको भएपनि आगो नियन्त्रणमा आउन सकेको छैन् ।

आगलागि भएको स्थानमा नेपाल प्रहरी ,सशस्त्र प्रहरी ,नेपाली सेना र ठुलो संख्यामा स्थानीय लागेको भएपनि आगो नियन्त्रणमा आउन सकेको छैन् । आगलागि भएको घरमा फर्निचर बनाउनका लागि प्लाई राखेको र प्लाईको आगो निभ्न नसकेपछि घरनै डोजरले भत्काउने तयारी भएको छ । चन्द्रनिगाहपुर बजारमा सबै घर एक आपसमा जोडिएका कारण अन्य घरमा समेत आगो लाग्ने भएपनि पक्की घरनै भत्काउने तयारी भएको हो ।

Thumbnails_FB_IMG_1522209027532 Thumbnails_FB_IMG_1522208238322 Thumbnails_FB_IMG_1522208242569

प्रतिक्रिया दिनुहोस

सप्तरीको समसेरपुरमा ...

रासिन्द्र यादव सप्तरी कात्तिक २१ सुरुङ्ग नगरपालिका वडा नं. ८ समसेरपुरमा आयोजना गरिएको समा–चकेव ...

सितापुर स्वास्थ्य चौ ...

लहान कात्तिक १८ । लक्ष्मीपुर पतारी ६ स्थित सितापुर प्र.ध. का स्वास्थ्य चौकीभित्र सेवा लिन आउने बिराम ...

सुखिपुर ८ महदेवाको स ...

शम्भु चौधरी लहान, १८ कार्तिक । सुखिपुर नगरपालिका ८ महदेवा गाउँमा समा चकेवा महोत्सव २०८२ को तयारी पुर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१