मिर्चैया नगरपालिकाको बजेट ४७ करोड

  • असार ११, २०७५
  • ५८२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, ११ असार ।  मिर्चैया नगरपालिकाले अगामी आर्थिक बर्षका लागि ४७ करोड भन्दा बढीको अनुमानित बजेट प्रस्तुत गरेका छन् । अगामी आर्थिक बर्ष २०७५÷०७६ का लागि आइतबार सम्पन्न दोस्रो नगरसभाले रु. ४७ करोड ७६ लाख ६८ हजारको अनुमानित बजेट प्रस्तुत गरेका छन् । आन्तरिक आयतर्फ रु. १ करोड ५ लाख, राजस्ब बाडफाड (नेपाल सरकार) तर्फ रु. ८ करोड ८५ लाख ३१ हजार, सर्शत अनुदान (नेपाल सरकार) तर्फ रु. १४ करोड ४८ लाख, बित्तिय समानिकरण तर्फ रु. १३ करोड ५६ लाख, सर्शत अनुदान (प्रदेश सरकार) तर्फ रु. १ करोड, बित्तिय समानिकरण (प्रदेश सरकार) तर्फ रु. ३१ लाख ८० हजार, सामाजिक सुरक्षा तर्फ रु. ८ करोड १५ लाख ५७ हजार र सडक बोर्ड नेपाल तर्फ रु. ३५ लाख गरी ४७ करोड ७६ लाख ७८ हजारको अनुमानित रकम नगरपालिकाका मेयर श्रबण कुमार यादबले बिनियोजन गरेका हुन् ।

व्यायतर्फ चालु बित्तिय समानिकरण र राजस्ब बाडफाड खर्चमा रु. ९ करोड १८ लाख ५९ हजार, चालु सर्शत खर्चमा रु. १५ करोड ४८ लाख, समाजिक सुरक्षा भत्ता चालु तर्फ रु. ८ करोड १५ लाख ५७ हजार रहेको छ । त्यसैगरी, ब्याय तर्फ पुजिँगत (बित्तिय समानिकरण राजस्व बाडफाड) खर्चमा रु. १४ करोड ५९ लाख ५२ हजार, सडक बोर्ड नेपाल रु. ३५ लाख गरी चालु र पुजिँगत खर्चको कुल रकम ४७ करोड ७६ लाख ६८ हजार अनुमानित व्याय रहेका छन् । बजेटले नगरको बिकास, शिक्षा, स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकतामा राखिएको नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस

किर्ते जालसाजी मुद्द ...

रहमुल लहान  वैशाख ८।सिरहाको  नवराजपुर गाउँपालिका वडा नं. २ का  पूर्व निर्वाचित वडा अध ...

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१