मिर्चैया : युवकको टाउकोमा खुकुरी प्रहार, आरोपमा तीन पक्राउ

  • असार ९, २०७५
  • १४४२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, ०८ असार । मिर्चैया नगरपालिका बडा नं. ११ मा एक युवकमाथि खुकुरी प्रहार गरी हत्याको प्रयास भएको छ । मिर्चैया नगरपालिका बडा नं. ११ गदहवा बस्ने हरी यादबको करीब २१ बर्षीय छोरा धिरज यादवमाथि ५-६ जनाको समुहले गएराति खुकुरी प्रहार गरी हत्याको प्रयास गरेको होे । 
 
खुकुरी प्रहारबाट गम्भीर घाईते भएका यादवको मिर्चैया स्थित मंगलम हेल्थ केयरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । घाइते  यादवको टाउकोमा २१ वटा टाँका लगाइएको छ भने शरिरको बिभिन्न भागमा निलडाम रहेको बुबा हरीले बताए ।  
 
आफ्नै घरमा सुतिरहेका अबस्थामा गएराति करीब १ बजेतिर आएका उक्त समुहले ढोका खोल्न लगाएर बाहिर बोलाई छोरामाथि आक्रमण गरी ज्यानै लिने प्रयास गरेको बुवा हरिको भनाई रहेको छ । 
 
घटनामा संलग्न रहेको आरोपमा ३ जना पक्राउ गरि आवश्यक अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) दिपक खड्काले बताए । अनुसंधानमा असर पर्ने भएकोले पक्राउ परेकाहरुको नाम गोप्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा क ...

लहान । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका १ कटैयामा रहेको भी जनचेतना कृषि सहकारी संस्था लिमि ...

लहानमा पुनः आन्दोलनक ...

ओम प्रकाश यादव लहान, साउन २ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सर्वोच्च अदालतले दिएको परमादे ...

लहानमा भव्यताका साथ ...

बिरेन्द्र प्रसाद नेपाल लहान भदौ २ । लहानमा यस वर्ष पनि प्रत्येक बर्ष जस्तै यो बर्ष पनि श्रीकृष् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१