ठाडी इस्पेक्टर बस्नेतकै निगरानीमा तेस्रो मुलुकको उत्पादन भारत निकासी, लहानमा चाईनिज स्याउको भण्डारण

  • असार ९, २०७५
  • ८६२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान ८ असार । तेस्रो मुलुकको मालसमान तथा उत्पादन निर्यात गर्न कानुनी प्रावधान कसिलो रहेपनि सिरहाको ठाडी प्रहरीले कमिशनमा दैनिक चाईनिज स्याउ भारत निकासी भइरहेको छ । सशस्त्र प्रहरीका इन्स्पेक्टर एस बस्नेत, भन्सार कर्मचारी र सिभिल प्रहरीको निगरानीमा चाईनिज स्याउ भारत निकासी गर्न तस्करहरुसंग घुस लिने गरेको खुलासा भएको छ । सिरहाको लहानमा करिब एक दर्जन स्याउका डिलर रहेको छ । चाइनिज स्याउ लहानमा संकलन गरी भारतीय व्यापारीहरुले लहानमै मोलतोल गरी सार्वजनिक बस र मिनी ट्रकमा हालेर भारत लैजाने गरेको छ । यसप्रति सिरहाको प्रशासन मौन रहेको छ भने जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी जीवन श्रेष्ठ जिल्ला बाहिर रहेकोले ठाडी प्रहरी व्यापारीसंग घुस लिएर स्याउ भारत पठाउंने गरेको छ । केही समययता, प्रशासनले अनुगमन गर्न थाल्दा ठाडी प्रहरीकै सल्लाहमा व्यापारीहरुले सिमाक्षेत्रमा साईकल र मोटरसाईकल प्रयोग गरेर चाईनिज स्याउ भारत निकासी गरिरहेको स्थानीयहरुको दावी छ । करिब एक महिना अगाडि मिडियावाजी हुंदा स्याउ निकासीमा रोक लगाएको थियो । तर, असारको पहिलो सत्तादेखि ठाडी सशस्त्र प्रहरीका इन्स्पेक्टर एस बस्नेतसंग व्यापारीहरुको लेनदेनको कुरा मिलेपछि पुनः चाइनिज स्याउ भारत निकासी हुन थालेको स्रोतको दावी छ । स्रोतका अनुसार ६ र ७ गते लहानबाट गएका अढाई सय कार्टुन स्याउ प्रहरीकै सहयोगमा भारत निकासी भएको छ । स्याउ तस्करहरु अहिले प्रहरीदेखि भन्सार कर्मचारीको मिलोमतोमा साईकल र मोटरसाईक प्रयोग गरेर तेस्रो मुलुकको उत्पादन भारत निकास गरिरहेको छ । यसवारे एक पत्रकारले सशस्त्र प्रहरीका इन्स्पेक्टर एस बस्नेतसंग सम्पर्क गर्दा उनले ‘यो रोक्ने हाम्रो काम हो, हामी आफ्नो काम गरिरहेका छौ ।’ भन्दै फोन काटे । ठाडी भन्सारमा खुद्रा भ्रष्टाचारी व्यापक भइरहेको छ । यसमा पनि सशस्त्र प्रहरी र भन्सार कर्मचारीले उपभोक्ताबाट १० देखि ५० रुपैयांसम्म विना पूर्जी असुली गरिरहेको छ । भारत निकासीको लागि लहानमा चाइनिज स्याउको ठूलो भन्डारण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

किर्ते जालसाजी मुद्द ...

रहमुल लहान  वैशाख ८।सिरहाको  नवराजपुर गाउँपालिका वडा नं. २ का  पूर्व निर्वाचित वडा अध ...

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१