ताजा समाचार

योग दिवसको अवसरमा मिर्चैयामा मेयरदेखि व्यापारीसम्मको योगासन

  • असार ८, २०७५
  • २३७० पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, ०७ असार । अन्तराष्ट्रिय योग दिवस योगाभ्यास र महत्वको चर्चा गर्दै नेपालमा पनि मनाईएको छ । योग अभ्यासमा काम गर्दै आएका पतञ्जली योगपीठ लगायतका संघ–संस्थाले सार्वजनिक रुपमा आज (विहिबार) चौथो योग दिवस मनाएका छन् । दिबसको अबसरमा भएको योगाभ्यास, प्रभातफेरी, रक्तदान तथा अन्तक्रिया लगायतका कार्यक्रमहरुमा स्थानीयदेखी मन्त्रीसम्म, बालकदेखि वृद्धसम्म र मेयरदेखि व्यापारीसम्मको सहभागीता रहेको थियो । 
हरेक उमेर समूह तथा बिरामीका लागि पनि फरक–फरक तरिकाबाट योग गर्न सकिने भएकाले योगको आकर्षण बढ्दै गएको छ । योगको नियमित अभ्यासबाट स्वास्थ्य तन्दुरुस्त, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्मज्ञान प्राप्ति लगायतका सकारात्मक गुणको विकास हुने गरेको योग गुरुहरुको दाबी रहेका छन् । 
 
 
 
 
 
 
 
दिवसको अबसरमा नगर पतञ्जली योग समिति मिर्चैयाले पनि बिभिन्न कार्यक्रम सम्पन्न गरेका छन् । समितिले दिबसको अबसरमा प्रभातफेरी निकालेका थिए । स्थानिय मोहन माविको प्राङ्गणबाट सुरु भएको प्रभातफेरी नगरको विभिन्न भागको परिक्रमा गर्दै कटारी चौकमा पुगी कोणसभामा परिणत भएका थिए । प्रभातफेरीमा सहभागिहरुले ‘योग गरौं निरोग रहौं’, ‘कपालभाती जीवनसाथी’ र ‘विश्व योग दिवस सफल पारौं’ लगायतका नारा लगाएका थिए । 
नगर पतञ्जली योग समिति मिर्चैयाका अध्यक्ष अकलदेव सिंहको अध्यक्षता तथा मिचैया नगरपालिकाको मेयर श्रवण यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगर योग समिति मिर्चैयाका उपाध्यक्ष भरत महासेठ, सचीव रामप्रताप यादव, कोषाध्यक्ष लिला देवी तिवारी, मन्त्री संतोष महतो, पतञ्जली योग समिति मिर्चैया ६ का अध्यक्ष पशुपति यादव, सदस्य राजकिशोर साह (किशोरी), रिना ठाकुर, सल्लाहकार सिकिया यादव लागायतका उपस्थिति रहेका थिए । त्यसैगरी, जिल्ला योग समितिका उपाध्यक्ष श्याम मण्डल, राजदेब कापर, सुबेषचन्द्र दास, ईलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका प्रतिनिधि, विभिन्न विद्यालयका बिद्यार्थी, स्थानीयबासी, ब्यापारी, नागरिक समाज लगायतका सहभागीता रहेका थिए । 
 
अष्टावक्र फाउन्डेशन मिर्चैयाले पनि बिभिन्न कार्यक्रम गरी दिवस मनाएका छन् । सन् २०१४ मा संयुक्त राष्ट्रसंघको ६९ औ महासभाले जुन २१ को दिनलाई अन्र्तराष्ट्रिय योग दिवसको रुपमा मनाउन भारतले गरेको प्रस्तावलाई अत्याधिक बहुमतले अनुमोदन गरेसंगै यो दिवस मनाउन थालिएको हो ।
 

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤