‘चोर सिपाही खेल’, सिंहसंग २७ लाखको जबरजस्ती कपाली तमसुक

  • असार ५, २०७५
  • २२३५ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, ५ असार । सिरहाको गोलबजार १ बस्ने असेश्वर सिंहसंग एक समूहले जबरजस्ती करकाप गरी कपाली तमसुक बनाएको छ । जेठ १८ गते गोलबजारबाट जवरजस्ती स्कोर्पियोमा हालेर पीडित सिंहलाई सिरहा क्याम्पस छेउमा सो कपाली तमसुक गरेको हो । जबरजस्ती कपाली बनाएको भन्दै पीडित सिंहले जेठ २१ गते प्रहरीमा उजुरी दिएपनि हालसम्म न्याय नपाएको छैन । आज तीन सत्ता वितिसक्यो प्रहरीले आलटाल गर्दै पिडकलाई खुला छाडेको उनको आरोप छ । पीडित सिंहले सिरहा १८ बस्ने राजेश यादव, सिरहा ७ डेरा गरी बस्ने रमेश भन्ने राजेश गुप्ता, गोलबजार ३ बस्ने रामपुकार साह र कपाली लेख्ने कृष्णकुमार यादव विरुद्ध सिरहा प्रहरीमा उजुरी दिएका छन् ।

पीडित सिंहले भने ‘आफ्नो घर अगाडि काम गरिरहेका थिए ।’ ‘रामपुकार साहले ‘मेरो साहुजी बोलाउंदैछन्’ भन्दै म गए ।’ पीडित सिंहलाई विहान ९ बजे र फेरी पौने १० बजे दूई पटक बोलाउंन आएपछि उनी गएका थिए । सिंह पुग्दा गोलबजारको शैलेन्द्र छापाखाना छेउमा रहेको चुरा पसलमा १५—२० जनाको समूहले उनलाई घेरा हालियो । पीडित सिंहले ‘मलाई यसरी किन ?’ ‘रौतहट निवासी रमेशकुमार जैसवालले मेरो लाखौको मालसमान तिमीले नै प्रहरीलाई बरामद गर्न लगायो ।’ ‘म यस्तो काम नगरेको भन्दाभन्दै स्कोर्पियो मगाएर मेरो आंखामा कालो पट्टी बांधेर सिरहा लगियो ।’ ‘सिरहामा लेखनदास कृष्णकुमार यादवको सहयोगमा म संग जबरजस्ती कपाली गरेको हो ।’ पीडित सिंहसंग २७ लाखको एउटा कागत र अलगै अर्को सदा कागतमा सहिछाप गराएका छन् । रोहवरमा पीडित सिंहकै दाजुलाई राखिएको छ ।

पीडित सिंहलाई गोलबजारबाट लैजादा उनका दाजु प्रमेश्वर सिंहले कुरा बुझन आउंदा उनलाई पनि जबरजस्ती स्कोर्पियोमा लगिएको थियो । पीडित सिंहले ‘म संग भएको १ लाख ६० हजार रुपैयां पनि उनीहरुले लुटेका छन् ।’ ‘सिरहाबाट गोलबजार प्रहरीमा निवेदनको सुनवाई गर्न पत्र पठाएको छ ।’ ‘यहांका इन्स्पेक्टले समय नदिएर फेरी घटना भएको ठाउं सिरहामै पठाइयो ।’ ‘म तीन सत्तादेखि दैनिक धाइरहेको छु ।’ ‘प्रहरीले उनीहरुलाई कारवाही गरिरहेका छैन ।’ ‘उनीहरुलाई खुला रुपमै घुम्दै देख्छु । प्रहरीले कुरा पनि गर्छन् ।’ ‘ कागत फिर्ता गराएका छैन ।’ रौतहटबाट आएर रमेश भन्ने राजेश गुप्ता सिमाक्षेत्रमा बेलेकियाको काम गर्दै आएको छ ।

प्रहरी र बेलेकियाबीच पूरानो कारोबारी सम्बन्ध रहेकोले राजेश गुप्तामाथी उजुरी परेपनि खुला रुपमा घुम्न पाएका छन् । गुप्ता प्रहरी कार्यालय समेत पुग्ने गरेको छ । तर, उनलाई प्रहरीको संरक्षण रहेको छ । सिरहा प्रहरीले आठ महिना अगाडि (दशै दीपावली) लाखौको राजस्व छलिको मालसमान बरामद गरिएको थियो । र, गुप्तालाई हिरासतमा राखेको थियो । आठ महिनापछि गुप्ता बाहिर आउंदा पीडित सिंहले नै आफुलाई फसाएको आरोप लगाउंदै आएको छ ।

ईलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टसंग सम्पर्क गर्दा उनले ‘म घरमा छु ’ ‘यो केस सम्बन्धि दूई दिनपछि कुरा गरौ ।’ प्रहरीले पीडित सिंहलाई छलफलको लागि बोलाउंछन् तर, पिडकपक्ष उपस्थिति नहुने गरेको छ । मुद्दाको समय गुजार्न यस्तो प्रक्रिया गरिरहेको कानुन व्यवसायीहरु बताउंछन् ।

प्रतिक्रिया दिनुहोस

ईप्रका प्रसौनी बाराक ...

रंजित चौरसिया,वीरगंज २९ जेष्ठ । बाराको प्रसौनी स्थित ईलाका प्रहरी कार्यालय प्रसौनीले अघोषित रुपमा घु ...

अंग्रेजी माध्यममा पठ ...

रहमुल लहान २८ जेठ । सिरहाको लहान नगरपालिकाले ल.ल.कु.मा.बि. र मा.वि. पडरिया थारुटोलका अंग्रेजी माध्यम ...

सबल महासङ्हजलवायुमैत ...

ओम प्रकाश यादव लहान, सिराहा, जेठ २८ ।‘सशक्त, समृद्ध, सम्मानित किसान : सबल महासङ्ह’ भन्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१