सिरहामा जाड रक्सी सेवन गरि मेयर मण्डलको छोराले दलित महिलालाई मरणासन्न गरी कुटपिट

  • साउन ९, २०७८
  • १४४८ पटक पढिएको
  • संजय महरा
alt

सिरहा÷श्रावण ९ गते ,
सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाको निलम्बीत मेयर सूर्यनाथ मण्डलका छोराको समुहले कल्याणपुर वडा नम्बर ३ तिनका दलित महिलालाई गएराति ११ बजे रातिमा आमा र छोरालाई जाँडरक्सी सेवन गरि दलित बस्तीमा गएर मध्यराति मरणासन्न कुटपीट र अभद्रव्यवहार समेत गरेको छ । निलम्बीत मेयर सूर्यनाथ मण्डलको कान्छो छोरा दिनेश मण्डल र मेयरकोभाई विषुन मण्डलको छोरा राकेश मण्डलले साँझदेखी नै जाड रक्सी खाईरहेको समयमा दलित महिलाको घर आँगनमा माटो र पत्थर फयाकि रहेको समयमा दलित महिलाले यति राति कसले मेरोघरमाथि पत्थर र माटोफयाकिएको भन्दै गरिरहेको बेला जाँड रक्सी खाएर नसामा तल्लीन मेयर मण्डलको छोरा र भतिजो दलित महिलालाई अभद्रव्यवहार गर्दै मरणासन्नगरि कुटपिट गरेको हो । निलम्बीत मेयर सुर्यनाथ मण्डल नेपाली काङग्रेसबाट निर्वाचित भएको थियो ।
 कल्याणपुर नगरपालिका वडा नम्बर ३ का कृपाल महराको श्रीमति सिता देवी महरा वर्ष ४० र छोरा जितेन्द्र महरा वर्ष १८ कोलाई कुटपिट गरेको छ । कुटपिट घाईते जितेन्द्र महराका अनुसार रक्सीखाएर मेरो आमालाई चमिनी तलाई कसले कामदिन्छ भन्दै फोहोर गालि गर्दै घिसारी घिसारी कुटपिट गरेको छ त्यहि क्रममा आमालाई किन कुटेको भनेपछि मलाई पनि कुटपिट गरेको छ । घाईते आमा  र छोराको उपचार युनिक मोडल अस्पताल कल्याणपुर ११ स्थित उपचार गराईरहेको छ ।
 घाईते जितेन्द्र महराले आफुहरुलाई घरमा कुटपिट गर्दा कल्याणपुर ईलाका प्रहरिकार्यालय कल्याणपुरलाई फोन गर्दा समेत कुनै वास्ता नगरेको गुनासो गरेको छ । जितेन्द्रले भने मेयरको छोराको पद,पैसावाल तथा पावरमा भएको मान्छे भनेर प्रहरीले समेत वास्ता नगर्नु दुखत हो उनले रुदै बताउनु भयो ।  हामी गरिव दलितलाई ठूलो जातको मान्छेले मार्दै गर्दा केही गर्दैन कसको माथि विश्वास गर्नु प्रहरीले मेयरको नामै सुनेर घटना हुदा आउदैन के गर्ने जितेन्द्रले बताउनुभयो । घाईते जितेन्द्र महराको बुवा ट्रयाक्टर चालकको रुपमा काम गर्ने गर्दछ । कल्याणपुर नगरपालिका वडा नँम्बर  ३ का कृपाल महराले ईलाका प्रहरि कार्यालय कल्याणपुरमा जाहेरी दिएको छ । निलम्बीत सूर्यनाथ मण्डलको भतिजहरुले दलित बस्तीमा बारम्बार महिलाहरुलाई जिस्काउने, गलत व्यवहार गर्ने तथा कुटपिट समेत पटक पटक गरिरहेको छ ४ महिना पहिले फुलो देवी महराको घरमा पसेर अभद्रव्यवहार गर्दे कुटपिट समेत गरेको थियो ।
दलित अधिकारकर्मी तथा दलित जागरण केन्द्र नेपाल गोलबजार सिरहाका सचिव संजय महराले दलित महिलामाथि गरेको अभद्रव्यहार र कुटपिट गरेको घटनालाई सुक्ष्म तरिकाले छानविन गर्नु पर्ने बताउनु भएको छ । दलित अधिकारकर्मी संजय महराले पद पैसा र पहँचको आधारमा कसैलाई छुटदिनु हुदैन मानव अधिकारको उल्लंघनका घटनामा प्रहरी प्रशासनले समय भित्र गम्भिरतापूर्व पिडीतको उपचार र न्याँयदिनु पर्ने बताउनु भयो । महराका अनुसार दलित समुदायलाई पटक पटक घरमा पसेर अनेक व्यवहार गर्नु दुखद् हो त्यसैले कानुन अनुसार कार्वाहि गरेन भने दलित हरुलाई न्याँयको लागि आन्दोलन गर्न बाध्य हुने छौ ।

प्रतिक्रिया दिनुहोस

जसपाको प्रथम जिल्ला ...

ओम प्रकाश यादव लहान वैशाख ९ । संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादलाई मूल नाराका रूपमा अघि सारेक ...

जसपाको प्रथम जिल्ला ...

ओम प्रकाश यादव लहान वैशाख ९। संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादलाई मूल नाराका रूपमा अघि सारेको ...

किर्ते जालसाजी मुद्द ...

Translator       रहमुल लहान  वैशाख ८। सिरहाको नवराजपुर गाउँपा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१