ताजा समाचार

६ महिनाको अवधिमा ५२ वटा मानवअधिकार उल्लंघनका घटना

  • असार ४, २०७५
  • ९३६ पटक पढिएको
  • फिरोज शेख
alt

फिरोज शेख लहान २०७५ असार ४। सिरहामा पछिल्लो समय हत्या, महिला हिँसा बलात्कार र बलात्कार प्रयासका घटना बढेको पाइएको छ। सन् २०१८ को जनवरी देखि जून १० सम्म ६ महिनाको अवधिमै बालबालिका सहित २९ जना महिला बलात्कार र बलात्कार प्रयासको सिकार भएको छ, भने ५ जना महिलाको हत्या भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिरहाले जनाएको छ।‘मानअधिकार वर्ष पुस्तक २०१९’अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रमका लागि आइतबार लहानमा आयोजित कार्यक्रममा यस अवधिमा ११ बालिका र दुई महिला गरी १३ जनाको बलात्कार भएको जनाइएको छ। उक्त अवधिमा ५ बालिका र ११ महिला गरी १६ जनामाथि बलात्कार प्रयास भएको इन्सेक प्रतिनिधि दुर्गा परियारले जानकारी दिएका छन्।

Image may contain: 2 people, people sitting and indoor

यसैगरी, विभिन्न ५२ वटा मानवअधिकार उल्लंघनका घटनामा ५५ महिला तथा चार पुरुष गरी ५९ जना पीडित भएका छन्। घरेलु हिंसा ५, बोक्सीको आरोप १, बहुविवाह ७ र हत्या प्रयास २ गरी १५ जना महिला पीडित बनेका छन्। त्यस्तै, बम विस्फोटका २ घटनामा ५ महिलासहित ९ जना तथा साइबर अपराधको एउटा घटनामा एक महिला पीडित भएका छन्।प्रमुख अतिथि इलाका प्रशासन कार्यालय लहानका प्रमुख सोमप्रसाद भट्टराईले महिला हिंसा तथा मानवअधिकारको सवालमा राज्य संवेदनशील हुँदाहुँदै पनि मानवअधिकार उल्लंघनका घटना बढेको स्वीकार गरे। उनले दाइजो प्रथा, बाल विवाह जस्ता विकृति रोक्न कानुनी व्यवस्थाले मात्रै सम्भव नहुने भन्दै सबैको सहयोग आवश्यक रहेको बताए। इलाका प्रहरी कार्यालय लहानका डिएसपी गणेश चन्दले बलात्कारको घटना सँग सम्बन्धित कतिपय घटनामा जाहेरी पर्नु अगावै प्रमाण नष्ट हुने, स्वास्थ्य परीक्षणको रिपोर्ट उल्टो आउने, पीडित स्वयंले बयान फेरिदिने जस्ता कारणले पीडक उम्किने गरेको बताए। मानवाधिकार संरक्षण केन्द्र संजालका संयोजक सुनिल कुमार साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मानवाधिकारकर्मी , महिला अधिकारकर्मी , संचारकर्मी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤