Siraha Times
ताजा समाचार

नेपाली कांग्रेस १४ औं महाधिवेशन धनुषामा हुँदै

  • साउन ८, २०७८
  • १०६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नेपाली कांग्रेस १४ औं महाधिवेशनको संघारमा छ । प्रजातन्त्र, बहुदल हुँदै गणतन्त्र ल्याउनमा समेत नेतृत्वदायी भूमिका खेलेको कांग्रेसको भूमिकामाथि पछिल्ला वर्षहरुमा प्रश्न उठिरहेको छ । त्यसैले यो महाधिवेशन विगतको भन्दा महत्वपूर्ण मात्रै होइन, अर्थपूर्ण पनि छ । लामो ईतिहास बोकेको कांग्रेस पछिल्लो समय भने आफ्नो त्यही विरासत धान्न नसकेको भनेर आलोचित छ, पार्टीभित्रै र बाहिरबाट पनि । महाधिवेशनबाट नीतिगत परिवर्तन र त्यसको व्यावहारिक कार्यान्वयन गर्ने नेतृत्व आउँछ कि आउँदैन? अबको कांग्रेस कस्तो बन्ला, अनि कांग्रेस अब कसको बन्ला भन्ने बहस आरम्भ भइसकेको छ । नेपाली कांग्रेस धनुषा सभापतिका लागि आकांक्षीको संख्या पनि धेरै छ । दिन्हु समाजिक संजालहरुमा उम्मेदवारहरुले आफनो अकांक्षा प्रकट गरिरहेका छन ।

Open Photo

धनुषामा दिनेश प्रसैला यादवको क्रेज नेपाली कांग्रेस धनुषाभित्र हावी गुट उपगुटका कारण नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु चिन्तित देखिन्छन । अब नेपाली कांग्रेस धनुषामा गुट उपगुटको नभई सबैको साझा सभापति छनोट हुनुपर्ने निकै नै चर्चाको विषय बनेको छ । धनुषाको पुरानोदेखि नवयु्वा कांग्रेसीहरु यस पटक स्वच्छ छवि भएका दिनेश प्रसैला यादव सभापतिमा छनोट हुनुपर्ने धारणा राख्छन । नेपाली कांग्रेस धनुषा क्षेत्र नं. २ का सह सभापति नविन गोहिवार भन्छन नेपाली कांग्रेस धनुषामा दिनेश प्रसैलाको विकल्प नै छैन । पूर्व सांसद समेत रहेका प्रसैलालाई धेरै सक्रिय हुनुहुन्छ सभापतिमा चुनाव लडनु हुन्छ कि ? पत्रकारहरुको प्रश्नमा प्रसैलाले पार्टीले तोके पार्टीलाई एकजुट गरि लगेर देखाउने बताए । प्रसैला प्रजातान्त्रिक आन्दोलनका एक जुझारु व्यक्तित्व हुन । काँग्रेस धनुषाको राजनीतिमा कांग्रेस पछि परेको अहिलेको अवस्थामा प्रसैलाको उम्मेदवारी प्रभावकारी हुन सक्छ भन्ने राय धेरैको छ ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेजमा ...

रंजित चौरसिया, वीरगंज १२ असार। नेशनल मेडिकल कलेज, वीरगञ्जको आयोजनामा तथा इन्स्टिच्युट अफ मेडिसिन (आई ...

खडक नगरपालिकाद्वारा ...

ओम प्रकाश यादव लहान, असार १२ । सप्तरीको खडक नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनयापन सहज बनाउ ...

खडक–५ बालमैत्री स्था ...

ओम प्रकाश यादव लहान, असार ११ । सप्तरी जिल्लाको खडक नगरपालिका वडा नं. ५ लाई औपचारिक रूपमा ‘बाल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१