भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिए

सांसद पदबाट मैले राजीनामा दिएको छु : भीम रावल

  • श्रावण ८, २०७८
  • ३९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौँ  एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । रावलले शुक्रबार सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएको सभामुखको सचिवालयले जनाएको छ ।पार्टी र नेता कार्यकर्ताबाट राजीनामा फिर्ता लिन दबाब आएको भन्दै रावलले राजीनामा फिर्ता लिएका हुन् ।यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए । यसबीच एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पनि उनलाई भेटेर राजीनामा फिर्ता लिन आग्रह गरेका थिए ।

यसअघि सुदूरपश्चिम प्रदेश सरकार तथा प्रदेशसभाका रावल समर्थक मन्त्री र सांसदहरू उनको राजीनामा फिर्ता गराउन काठमाडौं आएका थिए । प्रदेश सरकारका चार मन्त्रीसहित १२ जना सांसदको टोलीले गत मंगलबार काठमाडौं पुगेर रावललाई भेटेको थियो । उनीहरूले रावललाई प्रतिनिधिसभा सदस्य पदबाट दिइएको राजीनामा फिर्ता लिएर पार्टी एकताको पक्षमा उभिन आग्रह गरेका थिए ।रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने दिने सांसदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

सांसद पदबाट मैले राजीनामा दिएको छु : भीम रावल

नेकपा (एमाले) का सांसद भीम रावलले पदबाट राजीनामा दिएका छन् । एमाले विवाद समाधानका लागि क्रियाशील रावलले आइतबार सांसद पदबाट राजीनामा दिएका हुन् ।'पछिल्लो समय प्रतिनिधिसभाको विघटनदेखि पुन:स्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थामा आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश, जनता र पार्टीको हितभन्दा निजी स्वार्थ, अहं, प्रतिशोधी र षड्यन्त्रकारी चरित्र एवम् कार्य देख्दा देश र जनताको हितलाई सर्वोपरी सम्झने जुनसुकै नेपाली नागरिकको मनमा घृणा उत्पन्न हुन्छ,' रावलको राजीनामा पत्रमा भनिएको छ, 'यस्तो स्थितिमा अनैतिक राजनीति तथा देश र जनताविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयकर भएकाले उक्त प्रकारको दुषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा दिएको छु ।'

रावलले संघीय संसद्‌ भवनबाहिर पत्रकारमाझ राजीनामा पत्र वाचन गरेका थिए । उनले उक्त पत्र सभामुख अग्नि सापकोटालाई बुझाएर फर्किएका छन् । रावल अछाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा निर्वाचित भएका थिए । उनी एमालेले गठन गरेको विवाद समाधान कार्यदल सदस्य थिए । आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल तयार देखिएका छन् । अध्यक्ष केपी ओली पक्षले भने संसदीय दलको बैठकबाटै देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । नेपाल समूहमा सक्रिय हुँदै आएका रावलले संसद् बैठकअघि राजीनामा दिएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस

सुरुङ्गा नगरपालिकाको ...

जग जिवन राम, सुरुङ्गा २४ बैसाख सप्तरीको सुरुङ्गा नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य शाखामा औषधी अभ ...

ट्राफिक प्रहरी कार्य ...

कपिलवस्तु, बैशाख २३ कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा लगायत आसपासका क्षेत्रमा ट्राफिक प्रहरी कार्य ...

राष्ट्रिय महाधिवेशन ...

जनकपुरधाम, बैशाख २३ । जनता समाजवादी पार्टी नेपाल एकताको प्रथम राष्ट्रिय महाधिवेशन समितिको उदघाटन सत् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१