Siraha Times
ताजा समाचार

सिरहाको नवराजपुर गाउँपालिकामा सकुशल ॐ शान्ति भवन निर्माण कार्य सम्पन्न

  • साउन ८, २०७८
  • १५०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान/श्रावण/८शुक्रबार सिरहा जिल्लाको नवराजपुर गाँउपालिका वडा नम्बर -४ प्रहरी चौकी अगाडिमा ॐ शान्ति भवन निर्माणको काम सम्पन्न भएको जानकारी प्राप्त छ। समाजमा शान्ति र सु-व्यवस्था कायम गर्न अति नै महत्वपूर्ण भूमिका रहेको ओम शांति सदस्यहरू बताउँछन् । भौतिक पूर्वाधारहरुको अभावलाई महशुस गर्दै जनता समाजवादी पार्टीका योग्य कर्मठ र इमानदार नेता शिव उदगर यादवको सक्रियतामा भवन निर्माण समिति गठन गरी विभिन्न सहयोगी हातहरुको माध्यमबाट सहयोग जुटाई उक्त ॐ शांति भवन निर्माण कार्य सम्पन्न भएको हो । सामाजमा विकासको (लहर) गतिलाई अगाडि बढाउनका लागि एक ढिक्का हुनुपर्ने देखिन्छ । राम्रो कामकाज जहिले नै प्रशंसनीय हुन्छ , तसर्थ राम्रो कामलाई स्वागतयोग्य बनाउने नेता शिवउदगार यादवले दाबी गरेका हुन।

नेता यादवले आफ्नो समाजलाई प्रगतिको दिशातिर लग्नका निम्ति रातदिन एक गरेर एकमाथि एक नमुना काम गर्दै आइरहेको छ । उहाँका अनुसार हाम्रो लक्ष्य " समाजलाई राम्रो बाटोमा लग्नको लागि हामीले दिनरात प्रयास गर्दछौं ।" हाम्रो गाउँपालिकालाई छुट्टै र एक आदर्श गाँउपालिका बनाउने लक्ष्य र उदेशको साथ हामीले काम गर्दछौं । काम गर्नमा साथ दिनुभएको सम्पूर्ण साथीलाई उहाँले धन्यवाद समेत दिनु भएको हो । ॐ शांति भवन निर्माणको काममा सम्पूर्ण उपभोक्ता समितिमा खटिएका सम्पूर्णलाई धन्यवाद दिइएको साथै जनताको प्रतिक्रियाहरुलाई सधैं नै आत्मसात गरी अघि बढने नेता शिवउदगार यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१