ताजा समाचार

मिर्चैया : अबैध नदिजन्य पदार्थ उत्खनन गर्ने चारवटा ट्रयाक्टर प्रहरी नियन्त्रणमा

  • असार ४, २०७५
  • ९१६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, ०३ असार । अबैध रुपमा नदिजन्य पदार्थ उत्खन्न तथा ओसारपसार गर्ने चारबटा ट्रयाक्टरलाई ईलाका प्रहरी कार्यालय मिर्चैयाले नियन्त्रणमा लिएको छ । प्रहरीको गस्ति टोलीले स्थानिय जिबा खोलाबाट स १ त ६५६८ र स १ त ६७१२ त्यसैगरि बतहा खोलाबाट स १ त ३३२७ र स १ त ६१५३ नम्बरको ट्रयाक्टरलाई अबैध रुपमा खोलामा नदिजन्य पदार्थ उत्खन्न गरिरहेको अवस्थामा शनिवार नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय मिचैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) दिपक खडकाले बताए । सरकारले वर्षाको समयमा असार एक गतेदेखि साउन मसान्तसम्म नदिजन्य वस्तु निकासीमा रोक लगाएपनि ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा निकासी नरोकिएकोले कडाई गरिएको डिएसपी खडकाले बताए । अवैध तरिकाले प्राकृतिक सम्पदाको दोहन गर्ने छुट कसैलाई नभएको भन्दै उनले दोषीलाई कानुनको दायराममा ल्याउने दाबी गरे ।
 
नियन्त्रणमा दिएका ट्रयाक्टरलाई आबश्यक कारबाहीका लागि जिल्ला समन्बय समिति सिरहालाई सिफारिस गरिएको उनले बताए । अबैध रुपमा नदिजन्य पदार्थ निकासी गर्ने ट्रयाक्टरलाई समन्बय समितिले प्रतिट्रयाक्टर ३५ सयका दरले जरिबाना काटी छोडिने गरेको डिएसपी खडकाले स्पष्ट गरे । पक्राउ परेका चालकहरुलाई पहिलो पटक सम्झाईबुझाई अभिभाबकको जिम्मा लगाईएको भन्दै उनले फेरी दोहरीए पक्राउ गरेर सार्बजनिक अपराध सम्बन्धि मुद्धा चलाउने चेताबनी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤