अध्यक्ष गोईत "अाफै बाेक्सी, आफै धामी", भतिजो ले गरे बिकास काका ले गरे विनाश

  • असार ४, २०७५
  • १११५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

मनाेज बनैता, सप्तरी,१७ जुन । सप्तरीको बलानबिहुल गाउपालिका वडा न. २ मा बिधुतीकरनको लागि गाडिएको (खम्बाहरु) पोलहरु तोडफोड गरिएको छ । कुशहा- बेल्ही सडकखन्ड बाट दिघिया दक्षिणवारि टोल जोडनको लागि गाडिएका जम्मा १३ वटा पोलहरु भत्काईएका छन । स्थानिय प्रहरी चौकी चन्हीका ईन्चार्ज असय पंकज सिहं का अनुसार पोल गाडिने दिन पनि हल्का विवाद भएका थिए । हाम्रो खेतमा पोल गाडे हामी पोल रहन दिनौ छेनी र हथौड़ा ले भत्काउछौ भनी एक दिघिया बासी सुरेन्द्र यादव ले धम्की दिएका थिए । घट्नामा संलग्नता हुन सक्ने भन्दै नेपाल प्रहरी ले ३ जनालाई अनुसन्धान गर्न हिरासत मा लिएका थिए गिरफ्तार गरिएकाहरु दिघिया का सुरेन्द्र यादव, सोही गाउँका उपेन्द्र यादव,, रामदेव यादव र पथराहा टोलका हरि साह थिए तर रजनैतिक दवाबका कारण जमानतमा छोडिएका छन । केहि व्यक्ति फरार समेत भएका छन । फरार हुनेमा चन्ही निवासी सत्यनारायण गोईत, अछमितलाल चौधरी, लगायत का छन । प्राप्त जानकारी अनुसार यो घट्नाको प्रमुख योजनाकार सत्यनारायण गोईत हुनसक्ने शंका उब्जिएको छ । सत्यनारायण गोईत हाल गाउँ बाट फरार भइ छिमेकी राष्ट्र भारतमा लुकेको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरी श्रोत को अनुसार उक्त अपराधमा बलान बिहुलका अध्यक्ष दयानन्द गोईतका आफ्नै काका सत्यनारायण गोइत पनि मुछिएका हुनाले अनुसन्धान मा अलि कठिनाइ भएको हो । प्रतिपक्षीहरु ले अध्यक्ष गोईत माथी "अाफै बाेक्सी, आफै धामी" भएको आरोप समेत लगाएका छन । अध्यक्ष गोईत लाई सम्पर्क गर्दा मोवाईल बन्द रहेको थियाे । १ न. वडा सचिव रमेश मरिक ले दिए जानकारी अनुसार उनी उपचारका लागि पटना गएका छन ।

 

प्रतिक्रिया दिनुहोस

किर्ते जालसाजी मुद्द ...

रहमुल लहान  वैशाख ८।सिरहाको  नवराजपुर गाउँपालिका वडा नं. २ का  पूर्व निर्वाचित वडा अध ...

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१